महिला टी-२० स्मासमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । टी-२० स्मास महिला क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पार्न सफल भएको छ । आइतबार भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएर आफ्नो लगातार दोस्रो जित हात पारेको हो । मलेसियाले दिएको ६२ रनको लक्ष्य नेपालले ४ विकेट गुमाएर १६।२ ओभरमा पुरा गर्यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले अन्तिम ३ बल खेल्नु अघि सबै विकेट गुमाएर ६१ रन बनाएको थियो भने नेपालको तर्फबाट सरिता मगरले ४ विकेट लिएकी थिइन् ।

प्रतिक्रिया