यातायात व्यावसायी महासंघको काठमाडौं जिल्ला समिति गठन

काठमाडौं । नेपाल राष्ट्रिय व्यावसायी महासंघले काठमाडौं जिल्ला समन्वयन समिति गठन गरेको छ । नयाँ गठित समन्वयन समितिको अध्यक्षमा अरुण श्रेष्ठ, सचिवमा चित्रबहादुर कुँवर र कोषध्यक्षमा  ज्ञानेन्द्रकुमार श्रेष्ठ चयन भएका छन् । ६२ ओटा व्यवसायी समिति आबद्ध रहेको सो समन्वयन समितिमा १७ जनाको कार्यसमिति रहेको छ ।

यातायात समितिहरू प्रालिअन्तर्गत दर्ता भएर काम गर्नुपर्ने नीतिअनुरूप काम गर्ने गरि समिति गठन गरिएको नव गठित समितिका कोषाध्यक्ष ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार यस समितिले यातायात मजदुर ताथ व्यवसायीको हक हितमा काम गर्नेछ । यो समिति सरकारी नीति अनुसार सञ्चालन गरिने र यातायात समितिहरू प्रालिमा गएर सो बमोजिम यस समितिले पनि काम अगाडी बढाउने उनले बताए ।

प्रतिक्रिया