धर्मभूमि नेपाल

कृते ‘सत्यपुरी ज्ञेया’ त्रेतायां च ‘तपोवनी ।’
द्धापरे ‘मुक्तिका’ नामा कलौ ‘नेपालिकापुरी’
ने नाम्ना मुनिना यस्मात्पालितं पुण्यकर्मणा ।।
क्षेत्रं हिमवत्ः कुक्षौ ततो ‘नेपाल’ संज्ञकम्
हिमवत् खण्ड, स्कन्दपुराण

ने नामक तपस्वी मुनिले बस्ती बसालेकाले यस देशलाई नेपाल भनिएको हो । युगौँदेखि यसको छुट्टै अस्तित्व रहेको थियो । संस्कृत भाषामा नयेन पाल्यते इति नयपालः भनिन्छ । न्यायद्वारा धर्मको समेत रक्षा गरी जहाँ राज्य सञ्चालन हुन्छ त्यो राज्यलाई नेपाल भनिएको हो भनी शास्त्रकारहरूले टिप्पणी गरेका छन् । संस्कृत भाषा नयपाल अपभ्रंश हुँदा नेपाल भएको भन्नेहरू पनि धेरै छन् ।

यो हिमालयको काखमा रहेको छ । यो शिव र शक्ति अर्थात् महादेव र पार्वतीको बासस्थल हो । सतीदेवीले आफ्नो प्राण त्याग गरेपछि शिवकै इच्छाअनुसार हिमालय पर्वत राज पुत्री भएर यसै हिमालय क्षेत्रमा जन्म लिई श्री शिवलाई पुनः प्राप्त गरेकी हुन् । सतीदेवीको पछिल्लो रूप हिमालय पर्वत राज महारानी मेनकाको गर्भवाट पार्वतीको रूपमा जन्म भएको हो । हिमालयको शिखर सगरमाथाको प्राचीन नाम व्योमकुट हो, जुन विश्वमै सर्वोच्च छ । सगरमाथा नामकरण धेरैपछि हाल आएर मात्र भएको हो । पर्वत पुत्री भएकीले देवीको नाम पार्वती भएको हो । उनलाई शिवा, भद्रा र उमा आदि नामले पुकारिन्छ ।

श्रीमद्भागवत् र देवी भागवत् पुराणहरूमा कली युगीन राजा महाराजाहरूको चर्चा भएको छ । राजनीतिक रूपमा दृष्टिगत गर्दा नेपालमा पहिले गोपालवंशीहरूले राज्य गरेका थिए । भुक्तमान, जय गुप्त, परमगुप्त र यज्ञ गुप्त आदि राजाहरूले ५०० वर्षसम्म राज्य गरे । त्यसपछि महिपाल (जसलाई अहिर भनिन्छ) हरूले शासन गरे । सुरुमा नेपाल भन्नाले काठमाडौं उपत्यका मात्रलाई जनाउँथ्यो । मूल सिंह, जय सिंह र भुवन सिंह राजाहरूले झण्डै १०० वर्ष राज्य गरेपछि उपत्यकाको राज्य सञ्चालनको जिम्मा किराँतहरूले लिए ।

९३७ सँगसँगै नेपाल मल्लकालीन समयमा अवतरण हुन्छ । मल्ल शासनकालका प्रथम राजा अरिमल्ल उनका छोरा अभय मल्ल र यसपछि क्रमशः जयस्थिति मल्लको अभ्युदय भएको पाइन्छ । यक्ष मल्लको समयमा आइपुग्दा नेपालको सीमाकंन विस्तृत भएको र छोराहरूलाई राज्य सुम्पदा काठमाडांै, भक्तपुर र पाटन छुट्टिएको देखिन्छ । भक्तपुरमा भूपतीन्द्र मल्लद्वारा बनाउन लगाइएका कला कौशलले पूर्ण मन्दिरहरू धेरै छन्

प्राचीन शासकहरू भैmँ किराँतीहरू पनि शिव भक्त नै थिए । हजार वर्षसम्म करिब यिनीहरूले राज्य गरे । यलम्बरलाई किराँतकालीन प्रथम शासक मानिएको कुरा इतिहासविद्हरू बताउँछन् । बौद्ध धर्मको पनि बाहुल्यता भएको कुरा विदेशी लेखक राइटले बताएका छन् । काठमाडाैंमा स्वयम्भू चैत्य र बौद्ध स्तुपहरू भव्यरूपमा निर्माण हुनुले यो कुराको थप पुष्टि हुन्छ । नेपालको इतिहास स्थापना गर्ने कार्यमा महा मुनि मञ्जुश्रीको नाम अग्रस्थानमा रहेको पाइन्छ ।

पशुपति मन्दिर परिसरमा स्थापित ७९० को अभिलेखमा लिच्छवी वंशका प्रथम राजा जयदेव प्रथम भनिएको छ । प्रसिद्ध कैलाशकुट भवन, चाँगुनारायणको मन्दिर, वुढानीलकण्ठ स्थान आदिको स्थापनामा मानदेवको नाम अग्रणी रूपमा आउँछ । इतिहासले राजा मानदेवलाई प्रथम लिच्छवी राजा मानेको छ । राजा मानदेव आफू शैव थिए र उनले शिव मन्दिरहरू धेरै निर्माण गर्न लगाएका थिए भनिन्छ । उनका पालामा धेरै बौद्ध स्तुपहरूको पनि निर्माण भएको थियो । जे होस् मानदेव, अंशुवर्मा एवं नरेन्द्रदेवका पालामा हिन्दू र बौद्ध धर्मको प्रचारप्रसार व्यापकरूपमा भएको थियो ।

९३७ सँगसँगै नेपाल मल्लकालीन समयमा अवतरण हुन्छ । मल्ल शासनकालका प्रथम राजा अरिमल्ल उनका छोरा अभय मल्ल र यसपछि क्रमशः जयस्थिति मल्लको अभ्युदय भएको पाइन्छ । यक्ष मल्लको समयमा आइपुग्दा नेपालको सीमाकंन विस्तृत भएको र छोराहरूलाई राज्य सुम्पदा काठमाडाैं, भक्तपुर र पाटन छुट्टिएको देखिन्छ । भक्तपुरमा भूपतीन्द्र मल्लद्वारा बनाउन लगाइएका कला कौशलले पूर्ण मन्दिरहरू धेरै छन् ।

पाटनमा सिद्धिनरसिंह मल्लले बनाउन लगाएका कलाकारीताले पूर्ण भएका मन्दिरहरू धेरै छन् । काठमाडाैंमा प्रताप मल्लका पालामा बनेका सयौँ मन्दिरहरू छन् भने रानीपोखरी पनि उनकै पालामा बनेको हो । साविक समयमा नेपालका शासकहरू सिधै भगवान्सँग वार्ता गर्न सक्थे भनिन्छ । सपनामा दर्शन हुने, न्यायको, नैतिकताको आधारमा राज्य सञ्चालन हुने, आवश्यकताअनुसार ईश्वरकै सदिच्छाअनुसार मठ मन्दिरहरू बन्ने गरिन्थ्यो भनिन्छ । हनुमान ढोका, कुमारी स्थान र प्रसिद्ध काल भैरवको मूर्तिको स्थापना कार्यले हाम्रो मल्लकालीन इतिहास दैवी शक्तिमा पूर्ण थियो भन्न सकिन्छ । १६औँ शताब्दीमा आइपुग्दा मल्ल शासकहरूमा आपसी वैमनस्यता देखिएकाले उनीहरूको आफ्नो शक्ति पनि गुम भएको स्पष्ट हुन्छ ।

१८२५ सालमा आइपुग्दा गोर्खाका पृथ्वीनारायण शाहले काठमाडांै, भक्तपुर एवं ललितपुरका अन्तिम मल्ल राजाहरू क्रमशः जयप्रकाश मल्ल, रणजीत मल्ल र तेजनरसिंह मल्लमाथि विजय प्राप्त गरी नेपालको एकीकरण अभियान प्रारम्भ गरेका हुन् । प्रत्येक राष्ट्रको आफ्नो इतिहास हुन्छ । युगौंयुगदेखि धर्म सम्पदाको रूपमा रही आएको नेपाल एक पवित्र धार्मिक क्षेत्र हो । धार्मिक दृष्टिले सहिष्णु क्षेत्र हो ।

हाम्रो मुलुक देवभूमि हो । हरेक युगमा यसको वर्चस्व कायम रहेको छ । सत्य, त्रेता, द्वापरदेखि करिब ५ हजार वर्षदेखि आरम्भ भएको कलि युगमा पनि यो तपोभूमिकै रूपमा रहेको छ । नेपाल महात्म्य, हिमवत् खण्ड स्कन्द पुराणले ने मुनिको नामबाट कलियुगीन नेपालको नामकरण भएको चर्चा गरेको छ । आधुनिक मेचीदेखि महाकालीसम्मको सीमाना भूमि नेपाल विश्वकै एउटै नमुना क्षेत्र हो । पृथ्वीको सबैभन्दा ठूलो एसिया महाद्वीपको मध्य भागमा रहेको यो मुलुक भारत र चीनका बीचमा अवस्थित छ । आर्थिक विकासको दृष्टिले निकै अगाडि बढेका दुई छिमेकी भारत र चीनसँग यसको विशेष सम्बन्ध रहिआएको छ ।

सरदर १९३ कि.मि उत्तर–दक्षिण चौडाइ र पूर्व–पश्चिम सरदर ८८५ कि.मि लम्बाइ क्षेत्र ओगटेको यसको क्षेत्र पूर्वी भागको तुलनामा पश्चिम भाग फराकिलो छ । भौगोलिक दृष्टिले विश्व मानचित्रमा सानो आकार भए पनि विश्वको शिखर सगरमाथाको कारण र विश्वमै नौलो प्राकृतिक, सांस्कृतिक र सामाजिक परिवेश भएकाले यो मुलुकप्रति सबैको चासो बढ्नु स्वाभाविक हो । यसको कुल भूभागको झण्डै ७७ प्रतिशत उच्च हिमाली क्षेत्र र पहाडी क्षेत्र तथा झण्डै २३ प्रतिशत क्षेत्र तराई भाग (समथर) मा पर्छ । धरातलीय आधारमा यसलाई हिमाली, पहाडी र तराई गरी तीन क्षेत्रमा वर्गीकरण गरिएको छ भने अपार जल स्रोतको भण्डार रहेको यो मुलुक पर्यटकहरूको आकर्षणको केन्द्र बिन्दु बनेको छ ।

उत्तर तिब्बतर्फ सिमाना २५ किलोमिटरदेखि ५० किलोमिटरसम्मको चौडाइमा रहेको यसको क्षेत्रले करिब १५ प्रतिशत भूभाग ओगटेको छ भने अग्ला हिमशिखर कञ्चनजंघा, मकालु, ल्होत्से, मनासलु, धवलागिरिसम्म यसै क्षेत्रमा पर्छन् । शेर्पा, थकाली र भोटे आदिको अधिक बस्ती यो क्षेत्रमा आधुनिक विकासको न्यानो घाम लाग्न सकेको छैन । बौद्ध धर्मावलम्बीहरूको अधिक बाहुल्यता रहेको यो हिमाली क्षेत्रमा सञ्चार, यातायात, शिक्षा, विद्युत्जस्ता विकासका पूर्वाधार तयार गर्न ढिला भइसकेको छ ।

७५ जिल्लामध्ये १६ वटा जिल्ला ओगटेको हिमाली क्षेत्रको संस्कृति छुट्टै किसिमको शैलीसमेतले नेपालको पहाडी क्षेत्र आफ्नै महत्वको छ । समुद्रबाट टाढा रहेका कारण तेस्रो मुलुकसँग सम्पर्क गर्न कठिनाइ भएको यो क्षेत्र समुद्र सतहदेखि ६ सयदेखि ३ हजार मिटरसम्मको उचाइमा रहेको छ । पूर्व–पश्चिम कडा चट्टानी भाग रहेको यो क्षेत्र ७५ किलोमिटरदेखि १ सय २५ किलोमिटर चौडाइ पूर्व–पश्चिम पैmलिएको छ । यो पहाडी क्षेत्रले कुल भूभागको ६८ प्रतिशत क्षेत्र ओगटेको छ ।

दक्षिण समथर भूभाग मुलुकको झण्डै १७ प्रतिशतले ओगटेको तराई क्षेत्र हो । हिमशृंखलाहरूको विशाल समथर आँगन हो यो । आँगनविनाको घरको शोभा राम्रो हुँदैन । अन्नको भण्डार र वनको सदुपयोग गर्ने हो भने आर्थिक दृष्टिमा तराईको विशेष योगदान रहेको छ

महाभारतको लेक, रारा, ताल, फेवा ताल र सिवालिक पहाडजस्ता ऐतिहासिक धरोहर बोकेको पहाडी क्षेत्रकै कारण यो मुलुकलाई पहाडी मुलुक भनिएको छ । गण्डकी, कोसी, कर्णाली, त्रिशुली र महाकालीजस्ता अति पवित्र नदीहरू यहीँ छन् । स्वर्गवाट झरेका, शिव जटाबाट बगेका पावन नदीनालाहरूले हिमाली क्षेत्रदेखि यस भू क्षेत्रसम्मलाई पवित्र पार्दै भारतको प्रसिद्ध क्षेत्र गंगासागरसम्म पुगेका छन् ।

अयोध्याको क्षेत्रमा बग्ने पवित्र सरयु नदी नेपाल पश्चिम क्षेत्रकी महाकाली हुन् । बागमती, विष्णुमती आजभोलि प्रदूषित देखिए पनि तिनको उद्गम क्षेत्र शिवपुरी स्वयम् शिव जटा नै हो । गहिरो अरूण, पूर्वको कोसी अनि बहुचर्चित मेलम्ची पनि यिनै पहाडी क्षेत्रबाट बगेकी छन् ।

राजधानी काठमाडाैं, पर्यटकीय नगरी पोखरा, विशाल क्षेत्र ओगटेको सुर्खेत र अत्यन्त रमणीय क्षेत्र दिपायलले नेपालको भूबनोटलाई हराभरा बनाएका छन् । सिन्धुलीको सभ्यतादेखि रूम्जाटार, बेलटार, मंगलटार र पाँचखाल हुँदै पश्चिम रेसुंगादेखि रूरूसम्मको क्षेत्र र पवित्र आर्यघाटदेखि देवघाटसम्मको क्षेत्र प्रवेश गर्दासम्म पनि स्वर्णीम आनन्दको अनुभूति हुन्छ ।

जनकपुरको जानकी क्षेत्रदेखि नवलपरासीको त्रिवेणी क्षेत्र र डडेल्धुराकी उग्रतारादेखि डोटीकी शैलेश्वरीसम्मले यो भूभागलाई तीव्रतर देवभूमि बनाएको छ । अधिराज्यको दुईतिहाइ भूभाग ओगटेको पहाडी क्षेत्रका ३९ वटा जिल्लाहरू रहेका छन् भने पूर्वमा माइपोखरीदेखि पश्चिममा ब्रह्मदेव क्षेत्रसम्म पावन र पवित्र छ । ब्राम्हण, क्षेत्री, किराँत, मगर, नेवार र तामाङ आदि विभिन्न जात जातिका मानिसहरू आपसी समन्वयका साथ यस क्षेत्रमा बस्दै आएका छन् । जातिपातिमा वैमनस्यता कहिल्यै भएको छैन ।

दक्षिण समथर भूभाग मुलुकको झण्डै १७ प्रतिशतले ओगटेको तराई क्षेत्र हो । हिमशृंखलाहरूको विशाल समथर आँगन हो यो । आँगनविनाको घरको शोभा राम्रो हुँदैन । अन्नको भण्डार र वनको सदुपयोग गर्ने हो भने आर्थिक दृष्टिमा तराईको विशेष योगदान रहेको छ । भारतसितको सम्बन्ध, आयात–निर्यात व्यापार र राजस्वको स्रोत क्षेत्र तराई नै हो । कृषिका लागि यो क्षेत्र उर्वर छ । औद्योगिक कलकारखाना, यातायातको सुगमता, पूर्वाधार तयार गर्न सजिलो र जीवनस्तर सरल आदिको कारण तराई क्षेत्र नेपालको आर्थिक विकासको अर्को आधार नै हो ।

मैथिली, भोजपुरी, अवधी र थारू आदि भाषाको बाहुल्यता रहेको यो क्षेत्रमा औलो उन्मूलनपछि झण्डै ५ दशक यतादेखि पहाडी एवं हिमाली भेगका मानिसहरू त्यहाँ बसाइ सरी बस्दै आएका छन् । आपसी कटुता र वैमनस्यतालाई बिर्सेर सहयोगी र सद्भाव र आपसी स्नेहका साथ सबै मिलीजुली बस्दै आएका छन् । विराटनगर, वीरगञ्ज, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढी र कञ्चनपुरजस्ता औद्योगिक नगरीहरू यस क्षेत्रमा रहेका छन् । व्यापार, वाणिज्यका दृष्टिले यी सहरहरू उन्नत देखिएका छन् । हावापानीको दृष्टिले केही बढी गर्मी महसुस हुन्छ ।

नेपालको प्राचीन इतिहास हेर्दा यसको अस्तित्व अर्वाचीनसम्म भेटिन्छ । सत्ययुगमा यसको नाम सत्यवती थियो । रामराज्यका समय त्रेतामा यसको नाम तपोवन रहन पुग्यो । महाभारत कालीन द्वापरमा यसको नाम मुक्तिक्षेत्र रहन गयो । हालको समय यसको नाम नेपाल रहेको छ । सुगौलीको सन्धिपूर्व यसको क्षेत्र विशाल थियो । ईश्वरको नवौं अवतार बुद्धको जन्मभूमि नेपाल तराई क्षेत्रमा छ । पवित्र लुम्बिनीलाई अन्तर्राष्ट्रिय जगत्ले नियालेर हेरिरहेछ ।

‘अहिंसा परमो धर्म’ नेपालको शान्ति, मैत्री र अहिंसा विश्वका लागि उदाहरण बन्नु नै पर्ने हुन्छ । सबै वैदिक सनातन धर्मका आदिम स्रष्टा विश्व साहित्यका आदि कवि वेदव्यास र महर्षि वाल्मीकि समेतको तपस्थली नेपाल भूमि नै हो । त्रेताका सूर्यवंशी राम आफ्ना पितृ उद्धार गर्न नेपालको पश्चिम क्षेत्र डोटीमा आएका थिए । साथमा रहेकी सीताको नामले सेती नदी अहिलेसम्म बग्दै छ । विश्व साहित्यका प्रणेता व्यास, वाल्मीकिलगायत उच्च विशिष्ट व्यक्तिहरूबाट तयार भएको वेद, उपनिषद्, पुराणका ग्रन्थ तथा हिन्दू, बौद्ध सभ्यतालाई बडो भरपर्दो रूपले व्यवस्थित गरिराखेको छ एसियन सिभिलाइजेसन म्युजियम सिंगापुरले प्राचीन र अर्वाचीन धरोहर अनि पूरै एसिया क्षेत्रको सभ्यतालाई ब्ऋः (एसियन सिभिलाइजेसन म्युजियम) मा देख्न सकिन्छ ।

पानीको मुहान ठ्याम्मै नभएको सिंगापुरमा पाइपबाट मलेसियादेखि उच्च प्रविधिको उपचारपछि पानी ल्याइएको छ र हरेक सडकमा रहेका धाराहरूबाट कीटाणुरहित पानी सिधै पिउन मिल्छ । हिन्दू धर्म अनुसारको सत्संग, पूजा र अनुष्ठान हरेक शनिबार अमेरिकामा आयोजना हुने गर्छ । साइत हेरेर बिहे, व्रतबन्ध आदिको कार्य गर्ने गरिन्छ । पूर्वी सभ्यताको खोजी गर्दै छन् पश्चिमाहरू । उनीहरूको अध्ययन क्षेत्र रहेको छ नेपाल !

पाकिस्तानमा हिन्दू तीर्थालुहरू धेरै छन् । तक्षशीला, शिख तीर्थ, हिन्दु ॐ परिवार भित्रकै क्षेत्र हुन् । बंंगलादेशमा शिव र शक्तिका मन्दिर र भुटान एवं श्रीलंकामा हिन्दू, बुद्ध जनिने तीर्थ धेरै छन् । हिन्दू सभ्यता अति पुरानो हो । पाश्चात्य प्रसिद्ध विद्धान् माक्स मुलरले हिन्दू सभ्यताको जग वेदको लेखन आजभन्दा ६ हजार वर्ष पहिले भएको भनेर स्वीकारेका छन् । अन्य धर्महरूपछि आएर चलेका हुन् । वैदिक सनातन् धर्म विश्वकै प्राचीन मानिएको छ ।

ईश्वरको सृष्टिमा मानव सभ्यताको सुरुआतसँगै सुरु भएको वैदिक संस्कृतिको उद्गमस्थल नेपाल भूमि नै हो । यसको संरक्षण र संवद्र्धन हामीले गर्नुपर्ने हुन्छ । प्रसिद्ध चारधाम र ६४ ज्योतिर्लिंगको उद्गमस्थल पनि नेपाल नै हो । यसैले, सबैले भनौँ हाम्रो नेपाल, हामी नेपाली, हाम्रो भूगोल र हाम्रो गौरव ।

प्रतिक्रिया