अञ्चल अस्पताललाई सुविधा–सम्पन्न बनाइने

विराटनगर । उपप्रधान ,स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले, कोशी अञ्चल अस्पताललाई सवै प्रकारको सेवा दिनेगरी आधुुनिक र सुुविधा–सम्पन्न अस्पतालको रूपमा विस्तार गर्ने तयारीमा सरकार लागिपरेको बताएका छन् ।

विराटनगरस्थित कोशी अञ्चल अस्पतालको अनुुगमनपछि आयोजित छलफल कार्यक्रममा उनले कोशी अञ्चल अस्पतालाई केन्द्रीय अस्पताल रूपमा विस्तार गर्ने निर्णय सरकारले गरिसकेको बताए ।

उनले सवै प्रकारको सेवा एकै ठाउवाट दिन छुट्टाछुट्टै विभाग आवश्यक रहेको भन्दै अस्पतालको भौतिक पुुर्वाधार निर्माण र जग्गाका लागि छलफल भैरहेको जानकारी दिए ।

उपप्रधानमंत्री यादवले कोशी अञ्चल अस्पताल जनताको भरोसाको केन्द्र भएकाले सोही अनुसारको गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह गर्नुुपर्नेमा जोड दिए ।

उनले अस्पतालभित्र प्रवेश गरिसकेपछि बिरामीहरूले सेवा नलिई नफर्किने अवस्था सिर्जना गर्न अस्पताल लाग्नुुपर्ने वताए । उनले सरकारलाई स्वास्थ्य उपचार सेवा दिन नीजि अस्पालहरूको ठूलो भूमिका रहेको भन्दै सहकार्य गरेर अगाडी बढ्न आपूmहरू तयार रहेको बताए ।

अस्पतालका निमित मेसु डाक्टर लक्ष्मी नारायण यादवले अस्पतालमा विद्यमान भेन्टीलेटर मेशिन २ थान रहेपनि संचालनका लागि अक्सिजन प्लान्ट र वितरण प्रणाली नभएको गुनासो गरे । यस्तै अस्पतालमा क्याथल्याब सेवा नरहेकाले , ल्याब उपकरणहरू नरहेकाले सेवा प्रवाहमा समस्या भएको बताए ।

यस्तै मेडिसिन विभागका डाक्टर दिपक सिग्देलले ६ वटा मात्र आइसियु बेड रहेकाले बिरामीलाई अन्य अस्पतालमा रेफर गर्न बाध्य भएको गुनासो गरे । यस्तै अस्पतालका मेट्रोन मन्जु यादवले बिरामीको अनुपातमा नर्सिङ कर्मचारी अत्यन्तै कम भएको गुनासो गरिन् ।

यस्तै नाक, कान, घात्टी विभागका अनिता जिसी, दन्त विभागका सुधीर श्रेष्ठ, अर्थी विभागका यज्ञराज खरेल, सर्जिकल वार्डका सुनिल अधिकारी, प्रसुती विभागका संगीता मिश्र लगायतका विभागीय प्रमुखहरूले आआफ्ना विभागका समस्याहरू अवगत गराएका थिए ।

प्रतिक्रिया