स्वास्थ्य बिमा फागुनदेखि

विराटनगर । नेपाल सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्यसेवा निःशुुल्क पुु¥याउने उद्देश्यले सुुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम मोरङ जिल्लामा आगामी फागुुनदेखि सुुरु हुुने भएको छ ।

बिमा तयारीको बारेमा विराटनगर महानगरपालिकामा आइतबार आयोजित अभिमुुखीकरण कार्यक्रममा सो कुुराको जानकारी गराइएको हो । त्यसका लागि विराटनगर महानगरपालिकासहित १७ वटै स्थानीय तहमा तयारी सुुरु गरिएको छ ।

बिमा गर्दा पाँच जनाको परिवारले वार्षिक २ हजार ५ सय र त्यो भन्दा बढी परिवार संख्या भएमा त्यसमा ४ सय ५० रुपैयाँ थप गर्नुुपर्ने हुन्छ । बिमामा दर्ता भएपछि नेपाल सरकारले सूचीकृत गरेको निजी तथा सरकारी अस्पतालवाट ५० हजार बराबरको निःशुुल्क उपचार पाउने व्यवस्था गरिएको छ । बिमामा दर्ता परिवार बिरामी भएमा विभिन्न स्वास्थ्यसेवासहित उनीहरूलाई ११ सय ३३ प्रकारका औषधि निःशुुल्क उपलव्ध गराइन्छ ।

१७ वटै स्थानीयतहको वडावडामा कार्यक्रम सञ्चालनका लागि प्रत्येक वडामा खटिएका एक÷एक जना बिमादर्ता सदस्यले सहभागी सदस्यको नाम दर्ता गर्नेछन् । त्यसका लागि मोरङका १ सय ५९ वटै वडामा बिमादर्ता सदस्य परिचालन हुुनेछन् ।

कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुुख भीम पराजुुलीले बिमा कार्यक्रम अत्यन्त प्रभावकारी भएकाले स्थानीय स्तरमा यो बारेमा प्रचारप्रसार आवश्यक रहेको बताए । उनले कार्यक्रमलाई प्रभावकारी बनाउन महानगरपालिकाको सक्दो सहयोग रहनेसमेत बताए ।
विराटनगर महानगरपालिकाका प्रमुुख प्रशासकीय अधिकृत कुुमार दाहालले बिमामा आवद्ध व्यक्ति नेपालभरि कुुनै ठाउँमा बिरामी भएमा त्यही ठाउँको अस्पतालबाट उपचार सेवा पाउनुुपर्नेमा जोड दिए ।

नेपाल सरकार स्वास्थ्य बिमा बोर्ड प्रदेश–१ को आयोजनामा भएको कार्यक्रममा बोर्डका संयोजक ज्ञानबहादुुर बस्नेत तथा बोर्डका सह–संयोजक दुर्गा आचार्यले बिमाबारे नीतिगत व्यवस्था र बिमाको संरचना तथा ढाँचाबारे जानकारी गराएका थिए ।

यो कार्यक्रम अहिले ३६ जिल्लामा सञ्चालन भएको छ । कार्यक्रममा दिएको जानकारीअनुुसार आइतबार दिउँसोसम्म १४ लाख २५ हजार ५ सय ३२ जना बिमामा दर्ता भएका छन् । त्यसमा ५३ प्रतिशत महिला र ४७ प्रतिशत पुुरुष छन् । प्रदेश–१ का ६ वटा जिल्लामा यो कार्यक्रम सञ्चालनमा आइसकेको छ ।

प्रतिक्रिया