बसपार्कमै सवारी चालकको स्वास्थ्य जाँच

सल्यान । सल्यानको शारदा नगारपालिका –१५ निवासी यज्ञ राजगुरुले सवारी चलाउन शुरु गरेदेखि आप्mनो स्वास्थ्य जाँच गराउन खासै ध्यान दिएका थिएनन् । तर, शनिबार सल्यानको श्रनिगरमा यात्रुबाहक सवारी चालकहरूको लागी स्वास्थ्य परीक्षण शिविरमा उनले पनि आफ्नो स्वास्थ्य जाँच गराउँदा ब्लड प्रेसर हाई भएको थाहा पाए ।

शिविरमा जाँच गराउँदा प्रेसर हाई भएको बताउँदै स्वास्थ्यकर्मीले उनलाई खानपानमा समेत ध्यान दिनु पर्ने बताए पछि उनि फर्किए ।उनले सवारी चालकहरूलाई मध्यनजर गर्दै यस्तो शिविर संचालन गरेकोमा आयोजक ट्राफिक प्रहरीलाई धन्यवादसमेत व्यक्त गरे । उनले यस्ता शिविरहरू केही समयको अन्तरालमा फेरी पनि राख्दा राम्रो हुने सुझाव दिए ।

यस्तै अर्का सवारी चालक टिकाराम कडेलले पनि शिविरमा आखाँ जाँच गराउँदा चश्मा लाउनुपर्ने अवस्था भई सकेको थाहा पाए । लामो समयदेखि स्वास्थ्य जाँच न गराएका उनले संचालित शिवरिबाट निशुल्क स्वास्थ्य परिक्षण गर्नुका साथै परामर्श समेत लिएर त्यहाँबाट फर्किए । उनिहरू जस्तै यस जिल्लाका एक सय ३० जना सवारी चालकहरूले निशुल्क स्वास्थ्य परिक्षण गराएका छन् ।

आखाँ उपचार केन्द्र सितलपाटी सल्यानका प्रमुख पदमराज पन्तका अनुसार शिवर बाट एक सय ३० जनाले सेवा लिएको र जस मध्ये १५ जना आखाँमा चश्मा लाउनैपर्ने रहेका थिए । आखाँमा चश्मा लाउनैपर्ने सवारी चालकले अब छिट्टै चश्मा लाउने समेत बताएको उनले जानकारी दिए ।

यस्तै सो अवसरमा १५ जनाको बल्ड प्रेसर हाई भएको पाईएको कान्तिपुर सामुदायिक हस्पिटलकी स्वास्थ्यकर्मीले बताईन् । सस्थ्य जाँच गराएका अन्यको भने स्वास्थ्य अवस्था सामान्य रहेको उनको भनाइृ छ । शिविरमा २० वर्ष देखी ५७ वर्ष उमेर समुहका चालकहरूले स्वास्थ्य जाँच गराएको आयोजकले जनाएको छ ।

जिल्ला ट्राफिक कार्यालय सल्यानको आयोजना तथा आखाँ उपचार केन्द्र सितलपाटी सल्यान,कान्तिपुर सामुदायिक हस्पिटल प्रालि श्रीनगर,कलशी मेमोरियल हस्पिटल प्रालि श्रीनगर र अधिकारी बन्धु पोलिक्लिनिक प्रालि श्रीनगरको सहयोगमा सवारी चालकहरूका लागी स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको जिल्ला ट्राफिक कार्यालय सल्यानका प्रमुख ज्ञानेन्द्र शर्माले जानकारी दिए ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत संचालन गरिएको यस शिविर बाट यस जिल्लामा संचालित सम्पुर्ण सवारी चालकलाई मध्य नजर गर्दै शिविरको आयोजना गरेको उनले बताए । ‘सल्यान रुट भएर चल्ने सबै सवारी साधनका चालकहरूलाई पायक पर्ने स्थान सल्यानको श्रिनगर बसपार्कमा शिविर संचालन गरेका छौं उनले भने,यस बाट जिल्ला भित्रिने र बाहिरिने सबै सवारी साधनका चालकहरूले सेवा लिएका छन् ।’

प्रतिक्रिया