डोटी । डोटीको जोरायल र बडीकेदार गाउँपालिकाले स्थानीयवासीको स्वास्थ्य सेवाका लागि एम्बुलेन्स पाएका छन् । उक्त दुई वटा गाउँपालिकामा एम्बुलेन्स नहुँदा स्थानीयवासीलाई छिटो छरितो स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएको भन्दै नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा डोटी जोरायल गाउँपालिका ५ गड्सेराका स्थानीयवासी आनन्द विष्टको पहलमा एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।
एक गाउँपालिकामा रु ११ लाख गरी दुई गाउँपालिकाको लागि कुल रु २२ लाखको लगानीमा आफूले पहल गरी एम्बुलेन्स सहयोग हस्तान्तरण गरेको कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य विष्टले जानकारी दिए । “एम्बुलेन्स नहुँदा जनतालाई समस्या भयो भन्ने जानकारी पाएकाले मैले आफ्नै पहलमा दुई वटा एम्बुलेन्स खरीद गरेर हस्तान्तरण गरेको छु”, बिष्टले भने ।
विष्टले जोरायल गाउँपालिकामा शुक्रबार एक कार्यक्रमका बीच एम्बुलेन्स हस्तान्तरण गरेका छन् भने अर्को बडीकेदार गाउपालिकाको एम्बुलेन्स आज गाउँपालिकाकै कार्यालय खड्यौलीमा पुगेर हस्तान्तरण गरेका हुन् । डोटी जोरायल गाउँपालिका ५ गड्सेरका स्थानीयवासी रहेका कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य विष्ट अमेरिका बस्दै आएका छन् ।
प्रतिक्रिया