जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर

दोलखा । दोलखाको भीमेश्वर नगरपालिकाले नगरपालिका भित्रका ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम सुरु गरेको छ ।

भीमेश्वर नगरपालिका भित्रका नौ वटा नै वडाको वस्तिमा पुगेर वृद्धवृद्धाका लागि स्वास्थ्य सेवा प्रदान गरेको हो । स्वास्थ्य परीक्षणका लागि घरघरमा स्वास्थ्य सेवा पु¥याउने कार्यक्रमअन्तर्गत भीमेश्वर नगरपालिका–७ कुटीडाँडास्थित स्वास्थ्यचौकीबाट कार्यक्रमको सुरुआत गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले जेष्ठ नागरिक अलिखित इतिहास भएको बताउँदै सम्मान र संरक्षणमा अघि बढ्नुपर्नेमा जोड दिए । यस्तै भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले ७५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई एक हजार प्रदान गरेको नगरपालिकाले ज्येष्ठ नागरिकलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिए ।

भीमेश्वर नगरपालिका स्वाथ्य सेवाको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरमा दन्त परीक्षण, आँखा परीक्षण, आयुर्वेेदिक परीक्षण तथा उपचार गरी औषधि वितरण पनि गरिनेछ । शिविरमा एलेपेथिक सेवाको लागि डा.क्षमता घिमिरे, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख विमलकुमार श्रेष्ठ, आँखाको लागि नेत्रसहायक विप्लव खड्का, दन्त परीक्षकको लागि डेन्टल सर्जर प्रतिमा खड्का लगायतको टोली खटिएको छ ।

कार्यक्रमको लागि प्राथमिक स्वास्थ्य केन्द्र, प्रस्तावित चरिकोट अस्पताल न्याय हेल्थ नेपाल, दोलखा लायन्स आँखा केन्द्र, जिल्ला आयुर्वेद केन्द्र र जिल्ला स्वास्थ्य कार्यालय दोलखाले औषधि सहयोग गरेको छ । निःशुल्क स्वाथ्य शिविर २० गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया