संखुवासभा । पछिल्लो समय जिल्लामा आँखाका रोगीको संख्या बढ्दो रहेको पाइएको छ । बढीजसो ज्येष्ठ नागरिकमा अाँखाको रोग देखापरे पनि केही युवा र बालबालिकामा पनि उल्लेख्य समस्या देखिन थालेको छ ।
केही दिनअघि खाँदबारीस्थित नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित तेजरन्त आँखा तथा कान उपचार केन्द्रले चिचिला गाउँपालिका र सभापोखरी गाउँपालिकाको केही वडामा आँखा उपचारसम्बन्धी घुम्ति शिविर सञ्चालन गर्यो । जसमा चिचिला गाउँपालिकाको पाँच वटै वडामा सञ्चालित शिविरमा ३५ जनाको मोतियाविन्दुको अप्रेसन गर्नका लागि छनोट भए भने सभापोखरी गाउँपालिका–१ र २ मा सञ्चालित शिविरमा २२ जनाको शल्यक्रिया गर्नुपर्ने भेटिए ।
त्यस्तै सोही गाउँपालिकाका १६ विद्यालयका विद्यार्थीको आँखा जाँच गर्दा ५० जना विद्यार्थी चश्मा लगाउनका लागि छनोट भए । तर, छानिएका आँखाका बिरामी भने उपचार गर्न आएका छैनन् । आँखाको उपचारमा भने यहाँका बासिन्दाले त्यति धेरै चासो दिएका छैनन् ।
छानिएका बिरामीको शल्यक्रिया गर्ने उद्देश्यले केन्द्रमा नै पुनः शिविरको आयोजना ग¥यो तर छानिएका बिरामी भए आएनन् । आँखाको परीक्षण गर्ने शिविरकै क्रममा आपूmहरूले शल्यक्रिया सेवा लिन आउनु भने पनि केही मात्र शल्यक्रिया सेवा लिन आएको उपचार केन्द्रका इन्चार्ज क्षितिज बरालले बताए ।
गाउँपालिकामा छानिएका बिरामीलाई लक्षित गरी शिविर आयोजना भए पनि छानिएका बिरामी सात जना मात्रै आएको बरालले बताए । उनले भने, ‘गाउँपालिकामा छानिएका सात जना मात्रै बिरामी आए तर अन्य ५० जना आए त्यतिवेला जम्मै ५७ जनाको मोतियाविन्दुको शल्यक्रिया गर्यौँ ।’
उनीहरूमा चेतानाको कमीका कारण उपचार सेवा लिनबाट वञ्चित भएका छन् । कतिपय आँखाका रोगी उपचार सेवा लिन आउन चाहे पनि निजका परिवारका सदस्यले चासो नदिएकोले सेवाबाट वञ्चित भएको इन्चार्ज बरालको भनाइ छ ।
यता मोतियाविन्दुको शल्यक्रिया गर्न आउने भने आँखा देख्न थालेपछि हर्षित भएका छन् । शल्यक्रियाअघि केही नदेख्नेले पनि अहिले राम्रो देख्न थालेपछि खुसी व्यक्त गरेका छन् । शल्यक्रिया सहितको शिविरमा सेवा लिन आएका इटहरी आँखा अस्पतालका डा.ईशा विष्टले बेलैमा मोतियाविन्दुको शल्यक्रिया नगरे सधैँका लागि आँखाको ज्योति गुम्न सक्ने बताइन् ।
पछिल्लो समयको प्रविधिले गर्दा सामान्य तरिकाले छिटो तरिकाले छोटो समयभित्रै शल्यक्रिया गरिने भएकोले कोही पनि डराउनुपर्ने कारण नरहेको डा.विष्टको भनाइ छ । पौढ उमेरमा आँखा नदेख्नुलाई सामान्य रूपमा नलिई बेलैमा उपचार गर्न डा. विष्टको सुझाव छ ।
संखुवासभामा बढ्दो अवस्थामा रहेको आँखाको रोगको न्यूनीकरण गर्ने उद्देश्यका साथ स्थानीय तहसँगको साझेदारीमा तेजरत्न आँखा तथा कान उपचार केन्द्रले घुम्ति शिविर सञ्चालन गर्दै आएको छ । बालबालिकादेखि प्रौढ उमेर समूहका मानिसमा पनि मोतियाविन्दुलगायत विभिन्न खालका रोग देखापरेकोले बैलैमा आँखाको परीक्षण तथा उपचार गर्नुपर्ने देखिन्छ । यसका लागि परिवारका सदस्यले पनि उतिकै चासो दिनुपर्छ ।
प्रतिक्रिया