इतिहासले बिर्सेका विश्वका ६ सभ्यता

विश्वको कला तथा सांस्कृतिक सभ्यताको इतिहासलाई फर्केर हेर्दा केही न केही रोचक तथ्य भेटिन्छन् । हिन्दूहरूको मठमन्दिर, माया सभ्यताको क्यालेन्डर, इजिप्टको पिरामिड, ग्रिक सभ्यताको कला सबैको आफ्नो पहिचानसहितको इतिहास भेटिन्छ । कतिपय प्राचीन इतिहास लामो समयसम्म पनि पहिचान नहुँदा गुमनाम भएका छन् । तीमध्ये अनुसन्धान गरिएको तर इतिहासको पानामा नकोरिएका ६ अनौठा इतिहास यस्ता छन्ः

१. द शिलाः लामो समयसम्म एउटा मात्र राजवंशले शासन चलाउन सफल शिला राज्य एक चर्चित तर लोप भएको इतिहास हो । ५७ सालदेखि सन् ९३५ को बीचमा यसले कोरियाली प्रायद्वीपमा आफ्नो शासन चलाएको थियो । पुरातत्वविद्हरूले हालै गरेको खोजमा प्राचीन राज्य शिला तथा हालको राजधानी गोन्जुमा सन् २०१३ मा एउटा महिलाको कंकाल भेटेका थिए । विश्लेषकका अनुसार ती महिला पूर्ण शाकाहारी थिइन भने उनको खप्पर लामो थियो ।

पौराणिक कथाअनुसार रानी शिलालाई सम्राट बाक हियोकगियोजले भेट्टाएका थिए । जसमा सम्राट बाकको जन्म एउटा जंगलमा रहस्यमयी अण्डा फुटेर भएको थियो र उनले ड्यागोनको छोरीसँग विवाह गरे । समय बित्दै जाँदा शिला संस्कृतिको विकास भएर केन्द्रिकृत, उच्च वर्गीय अधिनायकवादी बन्दै गयो ।

यद्यपि, शिला सभ्यता पूर्ण रूपमा लोप भएको जनविश्वास छ भने पुरातात्विकविद्का अनुसार पछि गएर यो सभ्यता विकसित भएको भनाइ छ । जसअनुसार विभिन्न विलासी सामानहरू, सुन तथा हिराका बुहमूल्य गहनाहरू, फलाम तथा अन्य धातुका आकर्षक मूर्तिहरू यही सभ्यताबाट विकास भएको मानिन्छ । यो सभ्यता झल्काउने वस्तुहरू दक्षिण कोरियाको गोन्जाओ नेसनल म्युजियममा राखिएको छ ।

२. द इन्दुसः प्राचीन समयमा सहरी संस्कृतिले परिचित इन्दुस सभ्यताको उत्पति इन्दुस नदीको किनारबाट भएको हो । हालको पाकिस्तानदेखि अरब क्षेत्र र भारतको गंगा नदी यो क्षेत्रमा पर्दछ । सन् ३३०० को दशकमा देखा परेको यो सभ्यता हजारौँ वर्षसम्म चलेको थियो । जुन इसापूर्व १६०० देखि लोप भएको थियो ।

हरप्पन भनेर पनि चिनिने इन्दुसहरूले सहरी क्षेत्रको ढल निकास गर्न विभिन्न आविष्कार गरेका थिए । यिनीहरूको पालामा विभिन्न आकर्षक भवन, बहुमूल्य वस्तुबाट बनेका कलाकौशल तथा हस्तकलाको विकास भएको थियो । सन् २००६ मा प्रकाशित नेचर जर्नलका अनुसार इन्दुसको पालामा डेन्टल केयरको विकास भएको पनि भेटियो ।

जसमा अनुसन्धानकर्ताले करिब ७५ सय वर्ष अघिदेखि ९ हजार वर्ष अघिका मानिसको दाँम बनाउन प्रयोग गरिने उपकरणहरू फेला पारेका थिए । सन् २०१२ मा गरिएको नयाँ अनुसन्धानले मौसम परिवर्तन, मनसुनी वर्षाको कारण हरप्पन क्षेत्रमा खडेरी प¥योे । फलस्वरूप त्यहाँको सभ्यता माटोमा विलिन भयो ।

३. द सान्छिङडुइः सान्छिङडुइहरू ब्रोन्जे युग (कपर धातुबाट विभिन्न कला बनाउने युग ) बाट प्रभावित थिए । हाल चीनको सिचुहान प्रान्तमा अवस्थित सान्छिङडुइ सभ्यतालाई पहिलोपटक सन् १९२६ मा किसानहरूले पत्ता लगाएका थिए । पहिला पत्ता नलागेका कपुर तथा अन्य बहुमल्य मिश्रित धातुबाट बनेका २ दशमलव ४ मिटर अग्ला मूर्तिहरूसहितको प्रमाण सन् १९८६ मा पुन देखापरेका थिए ।

जसले सान्छिङडुइ को थिए भन्ने प्रश्न उव्जाएको थियो । विभिन्न कलात्मक मूर्ति कोर्ने क्षमता भएका सान्छिङडुइको बारेमा सबै अनविज्ञ थिए । सुन तथा सिल्भर जडित धातुको लेप लगाएर कुदेका ती मूर्तिहरूले देवी, देवता तथा पुर्खाहरूको प्रतिनिधित्व गरको हुन सक्ने पुरातत्वविद्हरूको अनुमान छ ।

खोजीको क्रममा भेटिएका ती मूर्तिहरू हाल सान्छिङडुइ संग्रहालय चीनमा राखिएका छन् । जसले करिब २८ सयदेखि ३ हजार वर्ष अघिको सान्छिङडुइ सभ्यताको प्रमाण झल्काउँछ । जसले केही सान्छिङडुइहरू चीनको जिंसा प्रान्ततिर भेटिएको हुन सक्ने अनुमान छ । सन् २०१४ मा बसेको अनुसन्धानकर्ताहरूको अमेरिकन जियोफिजिकल युनियनको वार्षिक बैठकले यस समयमा मिन्जिहाङ नदी क्षेत्रमा कुनै ठूलो भूकम्प तथा बाढी पहिरोको कारण यहाँको सभ्यता लोप भएको तथा अन्यत्र सरेको तर्क निकालेका थिए ।

४. द नोकः एकदमै रहस्यमयी रहेको यो संस्कृति हालको उत्तरी नाइजेरियामा फैलिएको थियो । करिब १ हजार इसापूर्वदेखि सन् ३ सयको बीचमा लोप भएको यस संस्कृतिको प्रमाण सन् १९४३ को विश्वयुुद्धमा फेला परेको थियो । मेट्रोपोलिटान म्युजियम अफ आर्टका अनुसार अनुसन्धानकर्ताहरूले मुकुटसहितका मूर्तिहरू फेला पारेका थिए ।

जसले यो सभ्यता मूर्तिकलाको धनी रहेको हुन सक्ने संकेत गर्दथ्यो । साथै, प्राचीन इजिप्ट सभ्यता झल्काउने ती मूर्तिहरू विभिन्न गरगहनाले भरिपूर्ण स्वरूपमा कुँदिएका थिए । योद्धाको मूर्तिसँगै इजिप्टिएन कलामा कुँदिएका ती कलाले यहाँको आधिकारिक शक्तिसमेत झल्काउँछ । भने कतिपय मूर्तिहरूले भोकमरी तथा विभिन्न रोगले ग्रसित व्यक्तित्व चित्रण गरेको उक्त म्युजियममा भेटिन्छ ।

यो सभ्यता कसरी लोप भयो भन्नेबारे अझै पनि रहस्यमै रहेको अनुसन्धानले जनाएको छ । यद्यपि, सन् २०१२ को नयाँ अनुसन्धानअनुसार ती कलात्मक मूर्तिहरू नाइजेरियाको संग्रहालयबाट चोरिएर अमेरिका पुर्याइएको हुन सक्ने अनुमान छ ।

५. द इत्रुस्कान्सः सन् ५०० देखि ७०० सम्म इत्रुस्कान्सहरूले इटालीको उत्तरी भागमा राज गरेका थिए । यिनीहरूले आधुनिक लेखन शैैलीको विकास गरेको मानिन्छ । राजवंश तथा विलासिताको रहनसहन पनि यही समाजबाट विकास भएको मानिन्छ ।

यो समाजले धर्मकर्ममा विश्वास गर्दथ्यो र धर्मकर्म नै यिनीहरूको दैनिकी थियो । अनुसन्धानका क्रममा प्रमाण स्वरूप यस क्षेत्रबाट विभिन्न शिल्पकला भेटिएका छन् । साथै, अनुसन्धानकर्ताहरूले सोही क्षेत्रबाट बहुमूल्य धातुमा इत्रुस्कान भाषामा कँुदिएको दुर्लभ वस्तु फेला पारेका थिए । साथै, अन्य २५ हजारवटा शिल्पकलासमेत भेटिएका थिए । पछि गएर यो सभ्यता बिस्तारै लोप भएको अनुसन्धानकर्ताको दाबी छ ।

६. द ल्यान्ड अफ पुन्टः कतिपय संस्कृतिहरू अन्य संस्कृतिको प्रमाण राखेर चिनिने गर्दछन् । तीमध्येकै द ल्यान्ड अफ पुन्ट पन एक हो । प्राचीन इजिप्सियन भनेर चिनिने यिनीहरूले अफ्रिकाको केही क्षेत्रहरूमा आफ्नो साम्राज्य चलाएका थिए । अन्य राज्यहरूसँग विभिन्न संस्कृति तथा सामानहरू आदानप्रदान गर्नु यिनीहरूको चलन थियो । पुन्ट एउटा रान्य थियो जहाँ बहुमूल्य धातुहरूको मात्र कारोबार गरिन्थ्यो ।

तर, पुन्ट कहाँ थिए भन्ने हालसम्म कुनै पनि अनुसन्धानबाट पत्ता लाग्न सकेन । पुन्ट क्षेत्र सुन, हिरा तथा मोती लगायतले धनी मानिन्थ्यो । पुन्ट एक शक्तिशाली व्यक्ति थिए । उनी सामुद्रिक यात्रामा निस्किन्थे । उनले आफ्नो राज्य हारेपछि आफूसँग रहेका बहुमूल्य सामानहरू प्राचीन इजिप्सियनहरूलाई हस्तान्तरण गरेका थिए । (एजेन्सीको साहयोगमा)

प्रतिक्रिया