भारतको सिक्किममा जन्मिएर दुई दशकदेखि काठमाडौंमा रही निरन्तर गीत संगीतमा लागेकी गायिका बबिता मानन्धरले नेपाली सांगीतिक क्षेत्रमा धेरै गीतमा आवाज दिइसकेकी छन् । उनको अरू कुनै पेसा व्यवसाय छैन्, उनी यसै गीत संगीतमा व्यस्त रहँदै आएकी छन् । स्कुल पढ्दै गर्दा १५ वर्षको उमेरदेखि नै उनी गीत संगीतमा रुचि राखेर होमिइन् । हालसम्म करिब २ सय चलचित्रमा गीत गाउनुका साथै कैयौँ आधुनिक गीत एल्बममा आवाज दिएको उनको भनाइ छ ।
आफ्नो सांगीतिक यात्राको अनुभव सुनाउँदै उनले भनिन्, ‘वरिष्ठ गायक तथा संगीतकार आदरणीय दाजु शम्भुजित बास्कोटाले ‘चलचित्र’ नाम गरेको फिल्ममा गीत गाउने अवसर दिनुभयो र त्यहीँबाट व्यावसायिक गायन यात्रा सुरु भयो, त्यसलगत्तै चर्चित गायक उदितनारायण झासँग पनि ‘चाहन्छु म तिमीलाई नै, नाम गरेको चलचित्रमा गीत गाउने अवसर मिल्यो र क्रमशः मेरो गायन यात्रा व्यस्त हुँदै गएको उनले बताइन् ।’ पछिल्ला दिनको व्यस्तता अझै बढेको छ ।
गीत संगीतमा लाग्ने कतिपय कलाकार छिट्टै पैसा कमाउने र लोकप्रिय हुन खोज्नेहरू धेरै छन् । तर, यस्ताको भिडमा उनले भने संगीत र साधनालाई बुझेर अनि सिकेर मात्रै यो क्षेत्रमा लोकप्रियता खोज्नुपर्ने बताइन् । कला र संगीतलाई बुझ्नु र त्यसलाई क्षमताका आधारमा सम्मान गर्नु ठूलो कुरा भएको ठान्छिन् बबिता । उनले पाएको सफलताको सूत्रपछि त्यही रहेको उनले ठानेकी छन् ।
गीत संगीतमा लाग्ने कतिपय कलाकार छिट्टै पैसा कमाउने र लोकप्रिय हुन खोज्नेहरू धेरै छन् । तर, यस्ताको भिडमा उनले भने संगीत र साधनालाई बुझेर अनि सिकेर मात्रै यो क्षेत्रमा लोकप्रियता खोज्नुपर्ने बताइन् । कला र संगीतलाई बुझ्नु र त्यसलाई क्षमताका आधारमा सम्मान गर्नु ठूलो कुरा भएको ठान्छिन् बबिता
उनको अनुभव छ, ‘गीत संगीत क्षेत्रका सबै गीत गाउन सहज हुँदैन, कुनै गीत सजिलैसँग गाउन सकिन्छ । तर, कुनै गीत गाउन धेरै मिहिनेत र परिश्रम गर्नपर्छ ।’ यस विषयमा बबिता भन्छिन् ‘गीत संगीत क्षेत्रका सबै गीत गाउन सजिलो या गाह्रो भन्ने हुँदैन, मिहिनेत सबैमा गर्नुपर्छ र त्यसको मर्म बुझेर गाइयो भने मात्रै सहज हुन्छ । सबैभन्दा पहिला आफूले गाउने गीतको मर्म बुझ्नुपर्ने उनी बताउँछिन । भाव र मर्म बुझेर गाउने हो भने गाउने कार्य साह्रै कठिन भनेर नरहेको उनले बताइन् ।
गायन क्षेत्रमा लाग्न उनलाई घर परिवारबाट साथ र सहयोग पाएको बताइन् । उनको बुझाइमा गीत संगीतले मानिसलाई दुःख परेको वेलामा पनि एक प्रकारको साहारा दिने गर्दछ । नेपालमा गाइने कैयौँ भावनात्मक र चेतनामूलक गीतलाई औषधिको रूपमा पनि लिने गर्छिन् बबिता । ‘मान्छे जब पीडामा हुन्छ ऊ कुनै न कुनै रूपमा हृदय विदारयक वा भावनात्मक गीत गुनगनाइ रहेको हुन्छ । त्यस्तै, खुसीमा पनि मान्छे रोमान्टिक गीत गाउन र नाच्न मन पराउँछ ।’ उनको भनाइमा मान्छेका जीवनलाई सहजता बनाउने र मन बहलाउने माध्यम पनि हो गीत संगीत ।
उनले नेपालको पूर्वी भेगदेखि पश्चिम महाकालीसम्म गाइने विभिन्न भाषाका फिल्मी गीत, गजल, आधुनिक लगायतका अन्य गीतमा पनि आवाज दिएको बताइन् उनले । पुराना स्रष्टाहरूले गाएका देशदेखि विदेशसम्म चिनाउने गीत अहिलेको अवस्थामा लोप हुँदै गएको र सबै आफैँले मात्रै चर्चा कमाउने धुनमा लागेकोमा भने उनलाई दुःख लागेको छ । उनले भनिन्, हिजोको अप्ठ्यारा अवस्थामा अग्रजले गरेका सिर्जना र उनीहरूको प्रेरणालाई बचाइ राख्नपर्छ, अहिले हामीले सहज रूपमा गाउन वा आफ्नो क्षमता देखाउन पाएका छौँ, त्यसमा कहीँ न कहीँ स्रष्टाहरूको मिहिनेत छ, त्यसमा नयाँ पुस्ताको ध्यान गएको छैन ।’
आजको दिनमा आफूले पाएको सफतालाई सष्टाले कोरिदिएको गोरेटो ठान्ने बबिताले भविष्यमा तिनै स्रष्टाको सम्मानमा एउटा संगीत विद्यालय खोलेर विद्यार्थीलाई संगीत सिकाउने र त्यस्ता पुराना स्रष्टाले गाएका गीत संगीतलाई अजम्बरी बनाउने आफ्नो भावी योजना भएको बताइन् । उनी अहिले आफू जे छु त्यही मात्रै हो भन्ने भावनासँग सहमत छैन उनले भनिन् ‘अहिलेका पुस्ताले साधनस्रोत र सबै प्रकारका सुविधामा गाउन पाएको उनले बताइन् । कनै वेला नेपालमा गाउन र संगीत बनाउन पनि निकै मिहिनेत गर्नुपर्ने अवस्था थियो ।’
सांगीतिक क्षेत्रमा लागेका कैयौँ कलाकारको विवाहपछिको राम्रो सम्बन्ध लामो समय टिक्न नसकेको बारे उनले भनिन्, ‘पतिपत्नी एकै क्षेत्रमा नहुँदा अघि बढ्न समस्या हुन्छ, फेरि कति वेला कहाँ के कार्यक्रम हुन्छ जानुपर्छ रात बिरात पनि हुन्छ । फेरि हाम्रो समाज यस क्षेत्रमा लागेका मान्छेलाई हेर्ने दृष्टिकोण पनि एकै प्रकारको छैन । त्यसैले पतिपत्नी दुवै एकै क्षेत्रमा हुने हो भने एकले अर्काको भावना र समस्या बुझ्ने र काम गर्न सहज हुन्छ ।’ त्यसले सफलता प्राप्त गर्ने उनले बताइन ।
उनले आफ्नो उदाहरण दिँदै भनिन्, ‘मेरा पनि पनि यसै क्षेत्रमा भएकाले मलाई काम गर्न सहज छ । दुवै जनासँगै हुनाले कसले क भन्ला भन्ने चिन्ता पनि हुँदैन । हामीले गएको ५ महिनादेखि एउटा सानो संगीतको विद्यालय चलाउँदै आएका छौँ, त्यहाँ आउने विद्यार्थीलाई पति र म मिलेर गीत संगीत सिकाउछौँ ।’ दुवैसँगै हुँदा धेरै कुराको अनुभव पनि आदानप्रदान हुने उनले बताइन । उनलाई संगीतमा धेरै कुरा पतिले सिकाउने र सहयोग गर्ने गरेको उनले बताइन ।
आफ्नो अनुभव सुनाउँदै उनले भनिन, ‘हामी दुवै एकै क्षेत्रमा भएकाले पनि मलाई आफूले अझै धेरै प्रगति गर्छु भन्ने लागेको छ । तर, सँगै भए मात्रै काम गर्न सकिने नत्र गर्न नसकिने भन्ने होइन ।’ बिहेपछि महिलालाई काम गर्न गाह्रो हुन्छ भन्थे, तर मलाई त्यस्तो लागेको छैन ।’ बिहेपछि पति र परिवारबाट थप हौसला प्राप्त भएकोमा उनले गर्वको अनुभूति गरेको बताइन् ।
प्रतिक्रिया