संसारको सबैभन्दा सानो गाई

एजेन्सी । अमेरिकाको मिसिसिपीमा विश्वको सबैभन्दा सानो गाइ देखा परेको छ । तौल ४.५ किलो रहेको यो गाइको आकार घरपालुवा विरालो जत्रै छ । जुन गाइको तौल सामान्य गाइको भन्दा १० गुणा कम छ ।

गाइ देखेर अचम्मित मालिकले स्टेट युनिभर्सिटि अफ भेटेनरी पुर्याएको उक्त गाई एकदमै स्वस्थ रहेको भेटेनरले बताएका छन् ।
यसपश्चात मेडिकल डाक्टरले अनौठो गाइको संज्ञा दिँदै तस्विरसहित सामाजिक संजालमा अपलोड गरेका थिए । त्यसलगत्तै यो गाई लिल्लिविल्लि नामले भाइरल बनेको छ ।

प्रतिक्रिया