नाकबाट खुन बगिरहँदा पनि समाचार वाचन गरिरहे

एजेन्सी, कोरिया । कोरियामा टेलिभिजन कार्यक्रम प्रसारणको बेला एउटा न्युज एंकरले धेरैलाई चकित पारेका छन् । कोरियन टिभि च्यानल स्पोटिभि मार्फत प्रस्तोता जो ह्युन इलले एउटा कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिरहेका थिए ।

अचानक उनको नाकबाट रगत बग्न थाल्यो तर पनि उनले कार्यक्रलाइ निरन्तरता दिइरहे । कार्यक्रम लगत्तै सामाजिक सञ्जालमा भाइरल बनेको भिडियामार्फत उनले सकारात्मक प्रतिक्रिया पाइरहेका छन् । उक्त कार्यक्रममा दुइवटा प्रस्तोताले समाचार वाचन गरिरहेका थिए । तीमध्ये जो ह्युन इलको नाकबाट निरन्तर रगत बगिरहेको थियो । तर उनले पनि समाचार वाचन गरिरहे ।

प्रतिक्रिया