समग्र नेपालको जातजाति, भाषाभाषी, धर्म, समावेशीकरण, समतामूलक सहभागिता, अल्पसंख्यक लगायतका विषयमा चासो लिनेहरूद्वारा प्रयोग भए । उनलाई प्रयोगशाला बनाए । धेरैले आवश्यकताअनुसार उपयोग गरे । प्रयोग गरे । केहीले उनलाई व्यक्तिगत रूपमा भर्याङ बनाएर सिँढी पनि चढे-उक्लिए ।
गएको कात्तिक १८ मा यो धर्तीलाई सदाका लागि छाडेर गएका पद्मरत्न तुलाधरबारे व्यक्तिगत रूपमा यो पंक्तिकारको सर–संगत र निकटता खासै रहेन । तापनि, उनी नेपालको भाषिक अधिकार, सांस्कृतिक अधिकार, आदिवासी जनजाति अधिकार, वर्गीय एवं श्रमिक आन्दोलन र मानवअधिकारका अभियन्ता र, देशको बृहत् हित चिन्तक थिए भन्नेमा जानकार छ ।
हुन त यो पंक्तिकारजस्तो साधारण मान्छेले पद्मरत्न तुलाधरजस्ता बहुआयामिक व्यक्तित्वबारे केही लेख्नु धृष्टता गर्नु नै हो ! तापनि यो धृष्टता गरेको छ । किनभने, स्वर्गीय पद्मरत्न तुलाधरबारे यो पंक्तिकारभन्दा धेरै जान्नेसुन्ने लेखक, विश्लेषक तथा उनका बालसखा, साथी–संगी, परिवारजन लगायतले सञ्चारका विभिन्न माध्यमहरूमा आफ्नाे विचारहरू, अनुभूतिहरू, संस्मरणहरू, भनाइहरू धेरै नै लेखिसकेका छन्, बोलिसकेका छन्, अन्तर्वार्ता दिइसकेका छन् । उनी कस्ता मानिस हुन् भनी बोलेका छन्, प्रष्ट्याएका छन् । तापनि यो बबुरो लेखक भनाउँदोले पनि पद्मरत्न तुलाधरका बारेमा आफूले जानेको, सुनेको र देखेको विषयमा केही लेख्ने जमर्को गरेको छ ।
हुन त पद्मरत्न तुलाधरले आफू ज्युँदो रहँदासम्म आपूm स्वयम्लाई कसरी मूल्यांकन गरे, आफूबारे स्वयम्को कस्तो बुझाइ रहेको थियो ? यो पंक्तिकाराई थाहा हुने कुरो भएन । तर, यो पंक्तिकारको विचारमा भने पद्मरत्न तुलाधरलाई नेपालका विभिन्न स्वार्थ समूहले मात्रै नभएर विदेशी लगायत धेरै व्यक्ति, समूह वा नेपालको राजनीति, मानवअधिकार, स्थाई शान्ति स्थापना, आदिवासी जनजाति आन्दोलन, भाषा आन्दोलन लगायत समग्र नेपालको जातजाति, भाषाभाषी, धर्म, समावेशीकरण, समतामूलक सहभागिता, अल्पसंख्यक लगायतका विषयमा चासो लिनेहरूद्वारा प्रयोग भए । उनलाई प्रयोगशाला बनाए । धेरैले आवश्यक्ताअनुसार उपयोग गरे । प्रयोग गरे । केहीले उनलाई व्यक्तिगत रूपमा भर्याङ बनाएर सिँढी पनि चढे-उक्लिए ।
तर, यो कुरो (पद्मरत्न जानीनजानी धेरै व्यक्ति, समूह वा चासो लिनेहरूद्वारा प्रयोग भए ! उनलाई प्रयोगशाला बनाए ! धेरैले आवश्यकतााअनुसार उपयोग गरे । प्रयोग गरे । उनलाई भर्याङ बनाएर सिँढी चढे÷उक्लिए । भन्नेबारेमा) उनको मृत्युपछि लेख्ने, बोल्नेमध्ये धेरैले जिब्रो चपाएर लेखे, बोले । केहीले घुमाएर स्वीकार गरे ।
यसरी पद्मरत्नबारे लेख्ने, बोल्नेहरूमध्ये धेरै कमले मात्रै पद्मरत्न तुलाधर जानीनजानी धेरै व्यक्ति, समूह वा चासो लिने देशी वा विदेशीहरूद्वारा प्रयोग भए ! उनलाई प्रयोगशाला बनाए ! धेरैले आवश्यकताअनुसार उपयोग गरे । प्रयोग गरे । उनलाई भ¥याङ बनाएर सिँढी उक्लिए । भनी वास्तविकता लेखे । त्यसमध्ये एक हुन्, – पत्रकार, लेखक तथा विश्लेषक झलक सुवेदी ।
उनले २०७५, कात्तिक २९ गते एक दैनिकमा ‘साझा रत्नः पद्मरत्न’ शीर्षकमा पद्मरत्न तुलाधरका बारेका एक विश्लेषणात्मक लेख लेखेका छन् । यसरी लेख्ने क्रममा सुवेदीले लेखेका छन्, ‘…. यद्यपि हामीलाई बताइएको थियो, उनी पार्टी सदस्य पनि होइन, मालेका कार्यकर्ता पनि होइनन् बरु काठमाडौंका नेवार समुदायमा, खासगरी नेपाल भाषा तथा सांकृतिक अधिकारका लागि अभियानरत समूहका बीचमा निकै लोकप्रिय रहेका उनलाई निर्वाचनमा उठाएर उपयोग मात्र गरिएको हो ।’
सुवेदी अगाडि लेख्छन्, ‘यसैबीच सायद ०४२ चैतको अन्तिम साता या ०४३ वैशाख पहिलो साता काठमाडांैको वसन्तपुरमा भएको चुनावी सभामा उम्मेदवारका रूपमा पद्मरत्न तुलाधरले एउटा भाषण गरे । सो भाषणले ०३७ को जनमत संग्रहपछि पहिलोपटक पञ्चायतविरोधी जनमतलाई आपूmतिर शक्तिशाली रूपमा आकर्षित गर्यो ।
मालेका प्रचारका लागि त यो एउटा यस्तो शक्तिशाली अस्त्र थियो, विचारको कि उनको भाषण रेकर्ड गरिएका चक्काको माग पूरा गर्नसमेत हम्मेहम्मे पर्यो । जहाँ–जहाँ मालेका समर्थक या कार्यकर्ता छन्, त्यहाँ–त्यहाँ त्यसलाई पुर्याइयो र मिलेसम्म बजाएर आममानिसको ध्यान आकर्षित गरियो । पद्मरत्नको भाषणपछि कार्यकर्ता र समर्थकमा आक्रामक उत्साह आयो । यसले पञ्चायतलाई चर्को दबाब सिर्जना गर्यो । र, मुखले बाहिर जे भने पनि पञ्चायतविरुद्ध रहेका अरु दल र खासगरी वामपन्थीहरूको पंक्तिलाई यसले मालेलाई लगाइएका आरोपमाथि पुनर्विचार गर्न दबाब दियो ।’
माथि एक प्रसंगमा भनिएझैं स्वयं पद्मरत्नले भने, आपूm कसैद्वारा प्रयोग भएको कहिल्यै पनि सम्झेनन् होला, किनभने, उनी जीवित रहेसम्म त्यस्तो गाईंगुईं कतै सुनिएन । बरु उनले समग्र देशको विकास, स्थायी शान्ति, भाषिक अधिकार, मानव अधिकार, सांकृतिक अधिकार, धार्मिक अधिकार, अल्पसंख्यक जातजातिको अधिकार, दलित अधिकार, महिलाको हक–अधिकार, कमैया मुक्ति आन्दोलन, बादी आन्दोलन, हरूवा–चरुवाहरूको अधिकार, आपूmले सकेको योगदान गरे । कतिपय आन्दोलनको त उनी स्वयंले आप्mनो नेतृत्वमा अगुवाइ नै गरेका थिए ।
भनिन्छ, सत प्रतिशत त विज्ञानले पनि स्वीकार्दैन । त्यस्तै खस नेपाली भाषामा उखान नै छ ‘दूधले नुहाएको कोही पनि हुँदैन !’ सायद झिना–मसिना कमी कमजोरीहरू पद्मरत्न तुलाधरमा पनि थियो होला । तर, उनलाई एकपटक उनका विरोधीहरूले ! जबरजस्ती विवादित बनाएका थिए ।
जब २०५१ मा भएको मध्यावधी चुनावमा कुनै पनि दलले बहुमत ल्याएन, तब तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) सबैभन्दा ठूलो दलको हैसियतमा सरकारमा गयो । तत्कालीन एमालेका अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार बन्यो । तब कुनै वेला पूर्व मालेले उपयोग मात्रै गर्ने भनिएका पद्मरत्न तुलाधरलाई पनि के–कति कारणले हो ? क्याबिनेट मन्त्री बनाइयो । बरु तत्कालीन माले तथा पछि (एमाले) मा तुलाधरभन्दा कताकता धेरै योगदान गरेका र वरिष्ठ नेता ! अशोक राईलाई राज्यमन्त्री मात्रै बनाइयो ।
स्मरण रहोस्, पद्मरत्न तुलाधारले आफ्नाे विषय विज्ञताभन्दा फरक अर्थात् स्वास्थ्य मन्त्रालय सम्हालेका थिए । त्यही क्रममा रौतहट जिल्लाको एक कार्यक्रममा इस्लाम धर्म मान्ने मुस्लिमहरूले आफ्नाे धर्मकर्म अनुसारका सांस्कृतिक अधिकारहरू उपभोग गर्न पाउनुपर्ने आशयको भाषण गरेका थिए । प्रायः सबैलाई थाहा भएकै कुरो हो-थियो कि, इस्लाम धर्म मान्ने मुस्लिमहरूले गाई–गोरुको मासु खान्छन् ।
जुन सामान्य हो । तर, रौतहट जिल्लाको एक कार्यक्रममा इस्लाम धर्म मान्ने मुस्लिमहरूले आफ्नाे धर्मकर्म अनुसारका सांस्कृतिक अधिकारहरू उपभोग गर्न पाउनुपर्ने आशयको पद्मरत्नको भाषणलाई बंग्याएर (नेपाली कांग्रोस निकट साप्ताहिक पत्रपत्रिकहरूले) पद्मरत्नले ‘गाई काटेर खान पाउनपर्छ भनेर भाषण गरे’ भनी कोकोहोलो मच्याइयो । जोडदार ढंगले प्रचारप्रसार गरियो ।
यसरी, नेपालमा धार्मिक रूपमा अनुदारवादी रुझान राख्नेहरूको ग्रान्ड डिजाइनअुसार देशमा झन्डै–झन्डै धार्मिक दंगा निम्त्याइयो । जे होस् पद्मरत्न तुलाधरले अाफू जीवित हुँदासम्म समग्र देशको विकास, स्थाई शान्ति, भाषिक अधिकार, मानव अधिकार, सांस्कृतिक अधिकार, धार्मिक अधिकार, अल्पसंख्यक जातजातिको अधिकार, दलित अधिकार, महिलाको हक–अधिकार, कमैया मुक्ति आन्दोलन, हरूवा–चरुवाहरूको अधिकार, गर्न सकेको योगदानलाई हामीले अनन्त कालसम्म सम्झनुपर्छ भन्दै अलविदा पद्मरत्न दाजै भन्छु ।
प्रतिक्रिया