धेरैजसो भारतमा एचआइभी÷एड्सबाट संक्रमित भई घरमा आएर श्रीमतीलाई सारिरहेका छन् । त्यस्तै गरी चेलीबेटी बेचबिखनमा पनि भारतको बम्बईबाट पनि एचआइभी संक्रमणको दरमा वृद्धि भएको छ । यसरी आफू एचआइभी÷एड्स भएको धेरैजसोलाई ज्ञान नभएको र ती व्यक्तिमध्ये धेरैले निःसन्देह÷निःसंकोच असुरक्षित यौन व्यवहारमा संलग्न भइरहेका अध्ययनमा संलग्न विशेषज्ञ बताउँछन् ।
विश्वमा प्रत्येक दिन १४ हजार मानिस एचआइभी संक्रमित भएको कुरा सम्बन्धित क्षेत्रका विज्ञहरूले औँल्याएका छन् । एचआइभी र एड्ससम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जगाउन सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा विश्व एड्स दिवस मनाउन थालिएको हो ।
हाम्रो देशको राष्ट्रिय एचआइभी एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार हाल विश्वमा करिब ३ करोड ५० लाख मानिस एड्स रोगबाट संक्रमित रहेको तथ्यांक छ । नेपालमा भने ४० हजार ७ सय २३ एचआइभी एड्स संक्रमित रहेको सरकारी तथ्यांक छ । नेपालमा एड्स सम्बन्धि उपचारका लागि देशका विभित्र स्थानमा ५२ केन्द्र स्थापना गरी सरकारले उपचार तथा परामर्श उपलब्ध गराउँदै आएको छ ।
तसर्थ विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ३४ लाख बालबालिका एचआइभी संक्रमित छन् र एचआइभी संक्रमित हरेक १० मध्ये ९ जना बालबालिकामा एन्टी रेट्रोभाइरल औषधिको पहुँच छैन । यो हुनुको मुख्य कारणहरूमा असुरक्षित यौन सम्पर्क, संक्रमित सुई, सिरिन्जको प्रयोग र परीक्षण नगरिएको रक्तदानबाट सर्ने एचआइभी-एड्स नब्बेको दशकपछि विशेषगरी दक्षिण अफ्रिकी महादेश छोडेर दक्षिण तथा दक्षिण एसियामा व्यापकता पाएको विशेषज्ञहरू बताउँछन् । विशेषतः यौन व्यवसायी, ट्रक ड्राइभर, सुईबाट लागूऔषधिको प्रयोग गर्ने व्यक्तिमा संक्रमण व्यापक रहेको सर्वेक्षणहरूले देखाएका छन् ।
एक्वार्यड युमिनो डिफिसेन्सी सेन्ड्रम नामक भाइरस शरीरमा प्रवेश गरेको छ र एकदेखि तीन महिनापछि रगत परीक्षण गर्दा उक्त भाइरस देखिएमा एचआइभी पोजेटिभ भएको मानिन्छ । यसको संक्रमणले धेरैजसो १४ देखि ५० वर्षभित्रका मानिसलाई बढी प्रभावित पारेको अध्ययनहरूले देखाएका छन् । विश्वमा प्रत्येक चारजना एचआइभी संक्रमित मानिसमध्ये एकजना २५ वर्षमुनिका युवायुवतीहरू पर्ने गरेका छन् ।
महिलाहरू एचआइभीबाट संक्रामित हुनुमा जैविक, आर्थिक सामाजिक स्थितिले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । विश्वमा सन् ३१ डिसेम्बर २००० सम्म तीन करोड ६१ लाख मानिस एचआइभी÷एड्सबाट संक्रमित भएर बाँचिरहेका थिए । तीमध्ये आधा संख्या महिलाको छ । उत्पादनशील, प्रजनन उमेरका मानिस प्रभावित भएकोले अहिलेकै अवस्थामा एचआइभी-एड्स फैलिने क्रम नरोकिने हो भने अबको १० वर्षमा ४० प्रतिशत उत्पादनशील जनशक्ति प्रभावित हुने, अनुमान गरिएको छ ।
त्यस्तै आगामी पाँच वर्षमा एक करोड १० लाख एसियाली एड्सको संक्रमणमा पर्ने बताइएको छ । एचआइभी-एड्सले विश्वव्यापी महामारीको रुप लिइसकेको छ । सन् २००४ सम्म लगभग ३० लाख मानिसहरू एड्सले गर्दा मृत्यु भइसकेको थियो । यी मानिसहरूमा लगभग ५ लाखको संख्या बालबालिकाहरूको थियो । सन् २००४ सम्म विश्वभरी लगभग ४० लाख मानिसहरूमा एचआइभी संक्रमण थियो ।
छिमेकी मुलुक भारतमा काम गरिरहेका नेपाली पुरुषहरूको संख्या २० लाखभन्दा बढी भएको अनुमान गरिएको छ । हाम्रो देशमा बढ्दो हिंसा तथा आतंकका कारणले गर्दा कामको खोजीमा भारत पस्ने नेपालीको क्रम आउँदा वर्षहरूमा पनि बढ्दै जाने कुरामा कुनै सन्देह छैन । त्यस्ता पुरुषहरूमध्ये धेरैजसो भारतमा एचआइभी-एड्सबाट संक्रमित भई घरमा आएर श्रीमतीलाई सारिरहेका छन् ।
त्यस्तै गरी चेलीबेटी बेच–बिखनमा पनि भारतको बम्बईबाट पनि एचआइभी संक्रमणको दरमा बृद्धि भएको छ । यसरी आफू एचआइभी-एड्स भएको धेरैजसोलाई ज्ञान नभएको र ती व्यक्तिमध्ये धेरैले निःसन्देह÷निःसंकोच असुरक्षित यौन व्यवहारमा संलग्न भइरहेका अध्ययनमा संलग्न विशेषज्ञ बताउँछन् ।
एचआइभी-एड्स रोग बढ्ने कारणहरू गरीबी, अशिक्षा, लैगिक विभेद, चेलीबेटी बेचबिखन, वेश्यावृत्तिजस्ता कुराहरूसँग सम्बन्धित हुन भारतसित रहेको खुल्ला सिमाना ओसार–पसार, व्यापार, शिक्षा–आर्जन, नाता कुटुम्ब भेटघाट र पर्यटन आदिका कारणले लाखौंको संख्यामा थप व्यक्तिहरू आवागमन गर्छन् ।
सहरमा युवाहरू बीच सुईको माध्यमबाट गरिने नशालु पदार्थको सेवन गर्नेहरूको संख्या दिनानुदिन बढ्दोे छ । रक्तसञ्चार सम्बन्धी र रगत जाँचसम्बन्धी गुणस्तरयुक्त सेवाहरू राजधानीबाहेक अन्यत्र शुलभ छैन । यी तथ्यहरूले अहिले नेपालको युवा जमातमा ०.२९ प्रतिशत र १५ देखि २४ उमेर समूहका नवयुवाहरूमा ०.२६ प्रतिशतसम्म रहेको अनुमान छ ।
अन्त्यमा भन्नुपर्दा विश्वमा सबैभन्दा धेरै एड्स भएका मानिसहरू अफ्रिकामा बसोवास गर्छन् र एड्सबाट मृत्यु हुने बालबालिकाहरू पनि धेरै जसो अफ्रिकामा नै बस्दछन् । डब्लुएचओको तथ्यांक अनुसार संसारभरिमा सन् २०१५ सम्ममा ११ लाख मानिसहरूको एड्सबाट मृत्यु भइसकेको छ भने ३ करोड ६७ लाख मानिसहरू एड्ससँग लडिरहेका छन् ।
यी संक्रमित मानिसहरूको उमेर १५ देखि ४९ वर्षको रहेको पाइन्छ । हाम्रो देशको सरकारले एचआइभी संक्रमणका औषधीहरू निःशुल्क वितरण गर्ने गर्छ । त्यस्तै योसम्बन्धी रक्तपरिक्षण सेवाहरू पनि निःशुल्क प्रदान गरी रहेको छ । तर पनि यो सबै संक्रमितहरूको लागि पर्याप्त छैन । साथै, यसको औषधि र यसका संक्रमितहरूलाई सेवा मात्र उपलब्ध नगरी अन्य सामान्य जनमानसमा यो रोग सम्बन्धि जनचेतना जगाउने काम पनि गर्नुपर्छ ।
हामी स्वयं पनि जागरुक भएर यसको बारेमा जानकारी दिने र लिने गरी एचआइभी र एड्सको विरुद्धको लडाईंमा सहभागी हुनुपर्छ । अतः एचआइभी–एड्ससम्बन्धी कार्यक्रम सञ्चालन गर्न दाताहरूले पछिल्लो पाँच वर्षका लागि मात्रै नेपालमा ११ करोड ४७ लाख अमेरिकी डलर (रु.१० अर्ब ९ करोड) छुट्याएको आँकडाहरूले देखाउँछन् । त्यसअघि भित्रिएको रकमको लेखाजोखा छैन । अतः एचआइभी-एड्स अति प्रभावित देशका किशोर किशोरीहरूलाई यौनसम्बन्धी शिक्षा–दिक्षा, प्रचार प्रसार, टिभी, रेडियो, पत्रपत्रिका, गोष्ठी, सम्मेलन आदिबाट यो यस्तो किसिमको हो ।
यसको रोकथामको लागि यस्ताे गर्नुपर्छ अहिले पीडा भोगिरहेका व्यक्तिको कथाव्यथा लाई जनसमक्ष ल्याएको खण्डमा यस्तो घटनाहरू फेरी दोहरिने सम्भावना कम हुने कुरामा विस्वास राख्न सकिन्छ । खास गरिकन १५ देखि ४१ वर्षसम्मको उमेरका किशोर किशोरीमा भएको एचआइभी-एड्सलाई कम गर्न सकिएमा यसको सफलता पक्ष मान्न सकिन्छ । यसले गर्दा विश्वमा जुन किसिमको भयावह स्थितिलाई केही हदमा भएपनि घटाउन सकिन्छ । जसले गर्दा जनमानसमा पर्ने प्रभावलाई कम पार्न सक्ने कुरामा कसैको पनि दुईमत नहोला ।
प्रतिक्रिया