सेन्चुरी र सुबिसु सेमिफाइनलमा

काठमाडौं । सेन्चुरी बैंक र सुबिसु सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्स क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बिहीबार भएको पहिलो क्वार्टर फाइनलमा सनराइज बैंकलाई ६ विकेटले पराजित गर्दै सेन्चुरी सेमिफाइनलमा प्रवेश गरेको हो ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सनराइजले ५ ओभरमा ३६ रन जोडेको थियो । उसका सृजन सुवेदी २७ रन जोडेका थिए । जवाफी ब्याटिङ गरेको सेन्चुरीले सुरज तिमल्सिनाको २८ रन मद्दतले ४ विकेट गुमाएर जित निकाल्यो ।

अब सेन्चुरीले फाइनल प्रवेशका लागि सिप्रिदी र इन्डियन एम्बेस्सीबीचको बिजेतासंग खेल्नेछ । यस्तै सुबिसुले नेपाल टेलिकमलाई २ विकेटले हराएर सेमिफाइनलमा स्थान पक्का गर्यो ।

पहिले ब्याटिङ गरेको नेपाल टेलिकमले ५ ओभरमा २ विकेट गुमाएर ५३ रन जोडेको थियो । जवाफमा सुबिसुले अन्तिम बल बाँकी रहदा लक्ष्य पुरा ग¥यो । सुबिसुका रोजन्स श्रेष्ठले ३३ रन जोडे । अब सुबिसुले नेपाल एसबिआई बैंक र एनआइसी एसिया बैंकसँग खेल्नेछन् ।

सेन्चुरी बैंकको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको विजेताले ट्रफी गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । यस्तै विजेताले अर्को वर्ष निःशुल्क प्रवेश पाउनेछ । गत सिजन सिभिल बैंकले उपाधि जितेको थियो ।

प्रतिक्रिया