मासुको चोक्टाले ज्यान गयो

पर्वत । कुश्मा नगरपालिका–१० पीपलटारीका ४१ वर्षीय कर्णबहादुर नेपालीको मासु खाने क्रममा ज्यान गएको छ । घाँटीमा मासुको चोक्टा अड्किएर कर्णबहादुरको ज्यान गएको हो ।

नेपालीको मंगलबार राती खानाखाने क्रममा मासुको चोक्टा अड्किएर ज्यान गएको हो । नेपालीको राती नौ बजे मासुको चोक्टा घाँटीमा अड्किएको थियो । घाँटीमा मासुको चोक्टा अड्किएर उपचारका लागि जिल्ला अस्पतालमा पुर्याउँदा अस्पतालले मृत्यु घोषण गरेको थियो ।

प्रतिक्रिया