फोहोर व्यवस्थापनको चिन्ता

बारा । कलैया उपमहानगरपालिकामा फोहोर व्यवस्थापन मुख्य चिन्ताको विषय बनेको छ । केही समय यता उपमहानगरपालिकाले कलैया बजारलगायत आप्mना नगरभित्रको फोहोर संकलन गर्न नसक्दा यहाँ फोहर व्यवस्थापन मुख्य चिन्ताको विषय बनेको छ ।

जिल्लाकै पहिलो नगरपालिकाको रूपमा सदरमुकाम कलैया उपमहानगरपालिका बने पनि यहाँको फोहर व्यवस्थापन हुन नसक्दा कलैयावासीलाई समस्या खेप्नुपरेको छ । नगरको सडक छेउमा फालिएको फोहर र पानी निकासाको लागि बनाइएको नालामा फोहर जमेपछि यहाँका स्थानीयहरू दुर्गन्ध र रोगको सिकार हुन बाध्य भएको स्थानीय गेनालाल श्रेष्ठले बताउँछन् । उनले फोहरबाट भएको समस्याको बारेमा नगरपालिकालाई पटकपटक जानकारी गराउँदा पनि कुनै चासो नदिएको आरोप लगाए ।

यता स्थानीय तहको निर्वाचनपश्चात् वडाध्यक्षहरूले आ–आफ्नो वडाको फोहर संकलन आपैmँ गर्ने भनी गरेको निर्णय कार्यान्वयन नहुँदा यस उपमहानगरपालिकाको फोहोर व्यवस्थापन मुख्य चुनौतीको विषय बनेको कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेश राय यादबले बताए ।

निर्वाचन पहिले ठेक्कामा लगाएर हँुदै आएको कलैयाको सरसफाई जननिर्वाचित प्रतिनिधिहरूले आपैmँ गर्ने भने पनि समय दिन नसक्दा सरसफाइको काम प्रभावकारी हुन नसकेको कलैया उपमहानगरपालिकाका नगरप्रमुख यादबको भनाइ छ । उनले जननिर्वाचित प्रतिनिधिले गर्दा प्रभावकारी हुन्छ कि भन्ने उद्देश्यले दिए पनि त्यो सन्तोषजनक नदेखिएको र केही समयमै सरसफाइका लागि डेन्डर आह्वान गर्ने बताए ।

हाल २७ वटा वडा रहेको यस उपमहानगरपालिकाको कुल जनसंख्या लगभग ८७ हजार रहेको छ । नयाँ संरचना हुन पूर्व जिल्लाकै पहिलो नगरपालिका रहेको यस स्थानीय तहमा विकासको कामले पनि खासै गति लिन नसकेको यहाँका स्थानीयहरूको भनाइ छ ।

प्रतिक्रिया