मोदी सार्कमा नजाने संकेत

नयाँ दिल्ली । भारत र पाकिस्तानको तनावका कारण रोकिँदै आएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को शिखर सम्मेलनमा उपस्थित हुन पुनः भारतले अस्वीकार गर्ने संकेत दिएको छ ।

पाकिस्तानी विदेश मन्त्रालयले सार्क सम्मेलनका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्तो पठाउने चर्चा गरेपछि भारतीय विदेश मन्त्रालयका अधिकारीहरूले सार्क सम्मेलनको मिति सबै सदस्य राष्ट्रको सहमतिमा हुनुपर्ने भएकाले पाकिस्तान एक्लैले मोदीलाई सम्मेलनका लागि निम्तो पठाउन नसक्ने बताएको टाइम्स अफ इण्डियाले जनाएको छ ।

मंगलबार पाकिस्तानी विदेश मन्त्रालयलका अधिकारीले इस्लामावादमा आयोजना हुने सम्मेलनका लागि मोदीलाई निम्तो पठाउने बताएका थिए । टाइम्स अफ इन्डियाले बंगलादेश र श्रीलंका पनि तत्काल शिखर सम्मेलन गर्ने पक्षमा नभएको जनाएको छ ।

भारतीय दैनिक टाइम्स अफ इन्डियाले तत्काल सम्मेलन आयोजना गर्ने पक्षमा बंगलादेश र श्रीलंका पनि नभएको उल्लेख गरेको छ । बंगलादेशमा केही समयमा चुनाव हुँदैछ भने श्रीलंकाको आन्तरिक राजनीतिक संकट गहिरिँदै गएको छ ।

सन् २०१४मा नेपालमा शिखर सम्मेलन भएकोमा त्यसपछिको शिखर सम्मेलन पाकिस्तानमा हुनुपर्नेमा दुई ठूला राष्ट्रको तनावका कारण अझै शिखर सम्मेलन हुन सकेको छैन ।

प्रतिक्रिया