मेडिकलमा बिरामीको भिड

पाँचथर । फिदिम नगरपालिका–१ स्थित बीच बजारमा रहेको असिम मेडिकल हलमा बिरामीको भिड लाग्ने गरेको छ । आधुनिक सुविधासहित कम शुल्कमा सेवा दिएकाले पाँचथरलगायत ताप्लेजुङ, इलाम, तेह्रथुम आठराई सम्मका बिरामीहरू उपचारका लागि आएकाले भिड बढेको हो ।

बिरामीलाई सहजहोस् भनेर मेडिकल हलले गत सोमबार विभिन्न रोगको निःशुल्क जाँच सेवा सञ्चालन गरेको थियो । करिब दुई सयभन्दा बढीले यो सेवा लिएको हलका प्रोपाइटर केपी मैनालीले जानकारी दिए ।

यो सेवा लिनेका मुटु, प्रेसर, सुगर र थाइराइडका बिरामीहरू बढी थिए । उपचार गराउन आएकी आशादेवी जवेगुले जिल्लाबाहिर थाइराइड जाँचका लागि १५ सय लाग्ने भए पनि मेडिकल हलले ६ सय रुपैयाँमै गरेको जनाइन् । आधुनिक डिजिटल ल्याबसमेत रहेकाले मानिसहरुको विश्वास रहेकाले पनि मानिसहरुको यहाँ आउने गरेको ल्याब असिस्टिन्ट अञ्जना राईले भनिन् ।

काठमाण्डौको स्वास्थ्य सेवा घरआँगनमै दिएकाले आपूm उपचारमा ढुक्कभएको सेवाग्राही महेन्द्र थाम्सुहाङले सौर्यलाई जनाए । सरकारी अस्पतालमा भन्दा निजी मेडिकल हलमा उपचार सुलभ, राम्रो र भरपर्दो हुने ,सेवाग्राही कमला अर्याल बताउँछिन् । मेडिकल हलले दस्तुर लिएर विज्ञ डाक्टरहरूको उपस्थितिमा सेवा प्रवाह गरेको प्रोप्राइटर मैनालीको भनाइ छ ।

मेडिकलहलले पाँच वर्ष यता हड्डी, छाला, नाक, घाँटी, स्त्रीसम्बन्धी रोगको विशेषज्ञद्वारा सेवा दिँदै आएको छ । फिदिम बजारभित्र सरकारी गैरसरकारी, ठूलासाना, अस्पताल भए पनि मेडिकल हलमा दिनौजसो भिड लाग्ने र उपचार गराउने गरेका छन् । उपचार चेकजाँच गर्ने डाक्टर काडमाडौं, विराटनगर, दमक, बिर्तामोडबाट विज्ञ चिकित्सक आउने गरेका छन् ।

प्रतिक्रिया