नेपाल चेम्वर र जापान-नेपाल बिजनेश चेम्वरबीच समझदारी

काठमाडौं । नेपाल चेम्वर अफ कमर्स र जापान(नेपाल बिजनेश च्याम्वर अफ कमर्स बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । काठमाडौमा भएको एक कार्यक्रमवीच दुई पक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा नेपाल चेम्वर अफ कमर्सको तर्फबाट बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल र जापान–नेपाल बिजनेश च्याम्वर अफ कमर्सका तर्फबाट अध्यक्ष डेजीमा योशिनोवुले हस्ताक्षर गरे ।

समझदारीपत्रमा भएको हस्ताक्षर कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, उपाध्यक्षद्धय श्री कमलेशकुमार अग्रवाल र नरेश श्रेष्ठ, सदश्य सन्तोष पाण्डे तथा जापानका लागि नेपाल चेम्वर अफ कमर्सका अवैतनिक व्यापार प्रतिनिधि वलराम श्रेष्ठको पनि उपस्थिति रहेको थियोे ।

समझदारीपत्रमा भएको हस्ताक्षरपछि नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालमा लगानी गर्न जापानी पक्षसँंग आग्रह गरे । उद्योग लगायत पर्यटन क्षेत्रमा लगानीकालागि उनले जापनी पक्षसँंग विशेष अनुरोध गरे ।

समझदारीपत्रले द्धिपक्षीय व्यापार तथा लगानी अभिबृद्धि भई आपसी समझदारी वढ्ने विश्वास व्यवसायीहरुको छ । समझदारी पत्रमा द्धिपक्षीय व्यापार प्रतिनिधि मण्डलको आदान प्रदान, लगानी तथा व्यापार अभिवृद्धि गर्न सुचनाहरु आदान प्रदान गर्ने, मेला आयोजनामा सहजीकरण गर्ने लगायतका बिषयमा सहमति भएको छ ।

नेपाल चेम्वर अफ कमर्सले हालसम्म ६० वटा अन्तर्राष्ट्रिय चेम्वरहरुसँंग समझदारी गरिसकेको छ ।

प्रतिक्रिया