ज्याककी छोरीले गरिन् समलिंगी विवाह

एजेन्सी, हङकङ । विश्व चर्चित कलाकार ज्याकी च्यानकी १९ वर्षीय छोरी एटा एनजीले समलिंगी विवाह गरेकी छन् । क्यानडाकी एन्डी अटमसँग एनजीले समलिंगी विवाह गरेको अन्तर्राष्ट्रिय समाचारले उल्लेख गरेका छन् । एनजीले एन्डीसँग बिहे गरेको तस्बिर इन्स्टाग्राममा पोस्ट गर्दै यसबारेमा खुलासा गरेकी हुन् । एन्डी क्यानडाको सामाजिक सञ्जालमा प्रचलित नाम हो ।

एनजीले लेखेकी छन्, ‘प्रेमको सँधै जित हुन्छ । सधैँ ।’ उनले आफूहरू हङकङ ‘श्रीमती र श्रीमती’ को रूपमा फर्किएको समेत उल्लेख गरी छन् । एनजी आप्mनो परिवारसँग सँगै बस्दिनन् । ज्याकीको विवाह भने सन् १९८२ मा ताइवानकी अभिनेत्री जोआन लिनसँग भएको थियो ।

तर, सन् १९९० मा ज्याकको इलेन एनजीसँग भेट भएको थियो । त्यसवेला उनीहरूको प्रेमसम्बन्धका बारे निकै हल्ला फैलिएको थियो । तिनै इलेनकै कोखबाट एनजीको जन्म भएको थियो ।

प्रतिक्रिया