खोजखबर

रिलायन्स इन्सुरेन्सको शाखा नुवाकोटमा

सौर्य अनलाइन २०७५ मंसिर ११ गते १७:३७ मा प्रकाशित

नुवाकोट । रिलायन्स लाइफ इन्सुरेन्सले आजदेखि औपचारिक रुपमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
बट्टारमा बजारमा राखिएको शाखाको आज नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले उद्घाटन गर्दै जीवन बीमा सबैले अनिवार्य गर्नुपर्ने र यसबाट मृत्युपछिको जोखिम वहन र आफ्नै जीवनकालमा पनि धेरै फाइदा लिन सकिने बताए ।

कार्यक्रममा इन्सुरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलले बीमा बजारको क्षेत्र ठूलो भएको र यो व्यापार मात्र नभई सामान्य नागरिकको सेवा समेत भएको बताए । रु दुई अर्ब १० करोड चुक्ता पूँजी रहेको इन्सुरेन्सका हाल ४० शाखा स्थापना भएका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय