‘किङ् लियर’ मा पासिनो

एजेन्सी, न्युयोर्क । चर्चित साहित्यकार विलियम शेक्सपियरको कृति ‘किङ् लियर’ मा केन्द्रित रही निर्माण गरिन लागिएको चलचित्रमा हलिउड अभिनेता अल पासिनोले शीर्ष भूमिका निर्वाह गर्ने भएका छन् ।  वियोगान्त कृतिका रूपमा परिचित ‘किङ लियर’ का लागि अभिनेता पासिनोले निर्देशक माइकल ¥याडफोर्डसँग दोश्रोपटक सहकार्य गर्ने भएका हुन् । यिनीहरूले सन् २००४ मा शेक्सपियरकै कृतिमा निर्मित ‘द मर्चेन्ट अफ भेनिस’ मा समेत सँगै काम गरेका थिए ।

उक्त कृतिमा आफ्ना दुई छोरीलाई राज्य बाँडेपछि उनीहरूका कृत्यका कारण ‘किङ् लियर’ मा क्रमिकरूपमा आउने पागलपनको कथालाई समेटिएको छ । निर्देशक ¥याडफोर्डले भने, ‘लियर सबैका लागि एउटा लक्ष्य हो । पासिनो यसका लागि लामो समयदेखि प्रयास गरिरहेका थिए । यो भव्य छ । मेरो सोचाइमा पासिनोले यस्तो चुनौती चाहन्छन् किनकी उनी खतरनाक अभिनेता हुन् ।’ आगामी वर्षदेखि यो चलचित्रको छायांकन संयुक्त अधिराज्यमा गरिने निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया