विद्युत्मा आत्मनिर्भर संखुवासभा

पूर्वी पहाडी जिल्ला संखुवासभा विद्युत्मा आत्मनिर्भर बनेको छ । बर्खाको समयमा आफ्नै जिल्लामा उत्पादन भएको विद्युत् बढी हुने गर्दछ र छिमेकी जिल्लाहरूमा समेत दिने गरिएको छ । स्थानीय खोलानालाबाट पेल्टिसेट, माइक्रो हाइड्रो र हाइड्रोपावर सञ्चालन गरी संखुवासभावासी उज्यालोमा बसिरहेका छन् ।

सभापोखरी गाउँपालिकाको स्वाचीमा पहिलोपटक बिजुली पुग्दासमेत त्यहाँका स्थानीय गाउँलेहरूमा खुसीयाली नदेखिएको नेपाल विद्युत् प्राधिकरण कार्यालय संखुवासभाको भनाइ रहेको छ । किनकि, यस गाउँमा विकल्पमा उनीहरू गाउँकै खोलाबाट माइक्रोहाइड्रो सञ्चालन गरेका थिए । त्यही कारणले केन्द्रीय प्रसारण लाइनको बिजुली पुग्दा पनि खुसीयाली नछाएको हो ।

संखुवासभाको अरुण नदीमा ठूला प्रोजेक्टका रूपमा बहुचर्चित ९ सय मेगावाटको अरुण तेस्रो, माथिल्लो अरुण, तल्लो अरुण, अरुण चौथो र अरुण दोस्रोसमेतको सर्भे भइसकेको छ भने सबैभन्दा महत्वपूर्ण र ठूलो उत्पादन हुने अरुण तेस्रोको काम भारतीय सतलज कम्पनीले गरिरहेको छ । अन्यको सर्भेकै चरणमा मात्रै सीमित रहेको छ ।

भोटखोला गाउँपालिकाअन्तर्गत हटिया, गोला, लिंगममा हाइड्रोपावरकै भरमा बिजुली बत्ती बालिरहेका छन् । भने हटिया गाउँमा पनि स्थानीय हाइड्रोपावरकै भरमा बिजुली बत्ती बालिरहेका छन् । त्यसैगरी, मकालु गाउँपालिकाअन्तर्गत पावाखोलामा इप्सुवा हाइड्रोपावर सञ्चालनमा रहेको छ

त्यसैगरी, सभाखोला हाइड्रोपावरले चार मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । पिलुवा जलविद्युत् आयोजना, र बानेश्वर जलविद्युत् आयोजना सञ्चालनमा रहेको छ । यी दुई वटा आयोजनाले चार किलोवाट विद्युत् उत्पादन गरेर पनि केन्द्रीय प्रसारण लाइनमा आबद्ध भइसकेका छन् ।

निगुरे जलविद्युत् आयोजना लामो समयदेखि बिग्रिएर बन्द रहेको छ । जिल्लाका तीनवटा क्याम्पस बरुण बहुमुखी, संखुवासभा बहुमुखी र मादी बहुमुखी क्याम्पसले संयुक्त रूपमा सञ्चालन गरेका हुन् । त्यसका साथै जिल्लाका अन्य विभिन्न स्थानीय खोलानालाबाट स्थानीय रूपमा ऊर्जाशक्ति हाइड्रोपावर सञ्चालनमा रहेका छन् ।

संखुवासभाका सातवटा स्थानीय तहबाहेक अन्य स्थानीय तहका गाउँमा केन्द्रीय प्रसारण पुगेको छैन । केन्द्रीय प्रसारण लाइन नपुगेको ठाउँहरूमा हाइड्रोपावर नै ईश्वरको वरदान भएका छन् । केन्द्रीय प्रसारण लाइन नपुगेको संखुवासभाको भोटखोला गाउँपालिकाअन्तर्गत हटिया, गोला, लिंगममा हाइड्रोपावरकै भरमा बिजुली बत्ती बालिरहेका छन् ।

भने हटिया गाउँमा पनि स्थानीय हाइड्रोपावरकै भरमा बिजुली बत्ती बालिरहेका छन् । त्यसैगरी, मकालु गाउँपालिकाअन्तर्गत पावाखोलामा इप्सुवा हाइड्रोपावर सञ्चालनमा रहेको छ ।  त्यहाँ अर्को हाइड्रोपावरले सिम्मा, सिरुटार र उवा लगायतका क्षेत्रमा बिजुली बत्ती बालिरहेको छ । यसबाट आएको महिनाको सय रुपैयाँ तिरेपछि बिजुली बत्ती जते बाले पनि हुन्छ ।

सभापोखरी गाउँपालिकाको बाह्रबिसे बजारमा समेत अझै केन्द्रीय प्रसारण लाइन पुगेको छैन । स्थानीय हाइड्रोपावरकै भरमा उज्यालो पाइरहेका छन् । त्यसैगरी, दुर्गम गाउँपालिका र अरुणपारिको गाउँपालिकासमेत भनेर चिनिने सिलिचोङ गाउँपालिकामा अझैसम्म केन्द्रीय प्रसारण लाइन पुग्न सकेको छैन ।

त्यहाँ स्थानीय हाइड्रोपावरकै भर छ । सिलिचोङ गाउँपालिकामा करिब ६-७ वर्षदेखि दुइवटा हाइड्रोपावर खंलुवा जलविद्युत् आयोजना र सिसुवाखोला जलविद्युत् आयोजना सञ्चालनमा रहेका छन् । खंलुवाले ३० किलोवाट विद्युत् उत्पादन गरेर ३ र ४ वडामा बिजुली बालिरहेको छ । त्यस्तै, सिसुवाखोलाले ४० किलोवाट विद्युत् उत्पादन गरेर १, २ र ३ वडामा बिजुली बालिरहेको छ । सटेक्मा जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेको छ ।

भोटखोला गाउँपालिकाभित्र पर्ने तिब्बतको सिमाना किमाथांकामा किमाथांका हाइड्रोपावर सञ्चालनमा रहेको छ । त्यहाँका स्थानीयहरू सोही हाइड्रोबाट बिजुली बत्ती बालिरहेका छन् । त्यसैगरी, चेपुवामा ६० किलोवाटको हाइड्रो सञ्चालनमा रहेको छ । जसले त्यहाँका दुई सय घरपरिवारलाई धानेको छ । भने हुङहुङमा सञ्चालनमा रहेको हाइड्रोले २ सय ५० घरपरिवार धानेको छ । त्यहाँ एक सय किलोवाट विद्युत् उत्पादन भइरहेको छ । त्यसैगरी, हटियामा २२ किलोवाटको विद्युत् सञ्चालनमा रहेको छ ।

माइक्रो हाइड्रो र पेल्टिसेटसमेत गाउँगाउँमा बिजुली बत्ती बाल्नका लागि प्रयोग भइरहेका छन् । भोटखोलाकै नाबासे, सिम्बुङ, तुङखालिङ र चाम्ताङ लगायतका स्थानमा माइक्रोहाइड्रो र पेल्टिसेटबाट बत्ती बलिरहेका छन् । माइक्रोहाइड्रोले करिब १० वाटभन्दा माथि उत्पादन गर्छ भने पेल्टिसेटले ६÷७ वाट उत्पादन गर्ने भएकाले सानो गाउँमा सञ्चालन गर्न उपयोगी हुने गरेको पाइन्छ ।

त्यसैगरी, भोटखोला गाउँपालिका–१ मा पर्ने दुर्गम बस्ती लिंगाम र गोलाबजारका स्थानीयहरूले गोला लघु जलविद्युत् हाइड्रोपावरबाट बिजुली बत्ती बालिरहेका छन् । गोला र लिंगामका ५२ घरपरिवारलाई लक्षित गरेर हाइड्रोपावर सञ्चालन गरिएको हो । आठ किलोवाट विद्युत् उत्पादन हुने उक्त हाइड्रोपावरले ५२ घरधुरीलाई बिजुली बाल्न प्रशस्त पुग्नेछ । गत वर्षको भदौ महिनाबाट सुरुआत भएको योजना चैतमा सम्पन्न भई बिजुली बाल्न सुरु भएको छ । कुल २३ लाख ५० हजार रुपैयाँको लागतमा योजना सुरु भएको हो । योजना सम्पन्न गर्न ३० प्रतिशत स्थानीय गाउँलेहरूले जनश्रमदानसमेत गरिएको थियो ।

त्यसैगरी, चैनपुर नगरपालिका नजिकै रहेको कुसुवा खोला लघुजलविद्युत् आयोजना ०६३ सालमा स्थापना भएको थियो । कुल ३२ लाखको लागतमा यो आयोजना निर्माण भएको हो । १८ किलोवाट क्षमता भएको उक्त जलविद्युत् आयोजनाले १ सय ८० घरपरिवारले बिजुली बत्ती बालिरहेका थिए । गतवर्ष पहिरोले पावरहाउस नै बगाएपछि पूर्णरूपमा मर्मत हुन सकेको छैन ।

त्यसैगरी, चैनपुर नगरपालिका–१ यांसीजुङकमा नै पर्ने निदुवा खोला लघुजलविद्युत् आयोजना गत साउन महिनामा पहिरोले पावरहाउस नै बगायो । त्यसपछि स्थानीयहरू दिनरात लागेर अस्थायी रूपमा निर्माण गरी विद्युत् बालिरहेका छन् । १४ किलोवाट क्षमता रहेको उक्त जलविद्युत् आयोजनाले धेरै ठूलो राहत पुगेको स्थानीयको भनाइ छ ।

केन्द्रीय प्रसारण लाइनले नछोएको संखुवासभाका धेरै स्थानीय तहका गाउँबस्तीहरूका पेल्टिसेट, माइक्रोहाइड्रो र हाइड्रोपावर साँच्चिकै ईश्वरका रूपमा सावित भएका छन् । संखुवासभाका सिलिचोङ, चिचिला, मकालु, भोटखोला, चैनपुर नगरपालिकाभित्रका गाउँबस्ती जहाँसम्म विद्युत्को केन्द्रीय प्रसारण लाइन पुग्न सकेको छैन, त्यहाँ स्थानीय हाइड्रोपावरको माध्यमबाट बिजुली बलिरहेका छन् ।

उज्यालो पाउनका लागि स्थानीय गाउँलेहरूले पेल्टिसेट, माइक्रोहाइड्रो र हाइड्रोपावर सञ्चालन गरे पनि वेलावेला बिग्रने समस्याबाट भने ग्रसित छन् । वेलावेला हाइड्रोपावर बिग्रिनु स्वाभाविकै हो । विद्युत्को केन्द्रीय प्रसारण लाइन नपुगेका ती दुर्गम गाउँबस्तीहरूमा हाइड्रोपावरका कारण अध्याँरोमा बस्नु नपरेको स्थानीयकोे भनाइ रहेको छ ।

संखुवासभामा हाल ११ दशमलव ८५ मेगावाट आन्तरिक उत्पादन रहेको छ । संखुवासभामा सभाखोलाबाट ४ दशमलव ४ मेगावाट, हेवाँ खोलाबाट ३ दशमलव २ मेगावाट, पिलुव–१ बाट तीन मेगावाट र लोवर पिलुवाबाट एक मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ । जिल्लामा हिउँदको समयमा भने आधाभन्दा बढी उत्पादन घट्ने गरेको विद्युत् प्राधिकरण संखुवासभा वितरण केन्द्रका प्रमुख ध्रुव अधिकारीले जानकारी दिए । जिल्लामा १० भन्दा बढी साना खोलाहरूबाट ‘माइक्रो हाइड्रो’ सञ्चालन गरी स्थानीयले विद्युत् सेवा लिइरहेको पनि उनले बताए ।

संखुवासभामा विद्युत् उत्पादन बढ्दै गए पनि खपतको अवस्था भने न्यून छ । विद्युत् प्राधिकरण खाँदबारी वितरणका अनुसार हाल साँझको समयमा चार मेगावाट खपत भइरहेको छ भने दिउँसो दुई मेगावाट मात्र खपत भइरहेको छ । जिल्लामा उद्योग कलकारखाना नभएकोले दिउँसो विद्युत्को प्रयोग कम भएको हो । जिल्लामा उत्पादित विद्युत् पिलुवा सबस्टेसनबाट धनकुटा, धरान हुँदै दुहबीबाट केन्द्रीय प्रसारण लाइनमा जोडिन्छ ।

जिल्लामा चारवटा हाइड्रोपावरका कारणले आत्मनिर्भर छन् भनेर ढुक्क बस्ने अवस्था भने छैन । जिल्लाको १० वटा नै स्थानीय तहमा विद्युत्को केन्द्रीय प्रसारण लाइन पु¥याउन आवश्यक छ । छोटो समयका लागि वैकल्पिक रूपमा सोलार बत्ती, पेल्टिसेट, माइक्रो हाइड्रो र हाइड्रोपावर सञ्चालनमा आए पनि भविष्यलाई हेरेर जिल्लाभर नै केन्द्रीय प्रसारण लाइन पु¥याउनु पर्दछ । अध्याँरोमुक्त समाज सधँैका लागि अन्त्य गरेर उज्यालो नेपालको सुगन्ध सबैमा छर्न सक्नुपर्दछ ।

प्रतिक्रिया