हिंसाविरुद्ध आवाज एक हुनुपर्ने-विक

बाँके । खजुरा गाउँपालिका उपप्रमुख एकमाया विकले लैंगिक हिंसाविरुद्ध सबै सरोकारवालाको एक आवाज हुनुपर्ने बताएकी छन ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको सुरुआतको दिनमा र्यालीपछि गरिएको कोणसभालाई सम्बोधन गर्दै उनले खजुरा गाउँपालिकालाई महिला हिंसामुक्त गाउँपालिका बनाउन कार्ययोजनाका साथ अगाडि बढ्ने उल्लेख गरिन् ।

१६ दिने अभियानअन्तर्गत खजुराका आठ वडामा अन्तत्र्रिmया, किशोरीबीच वादविवाद, माविस्तरीय निबन्ध, प्रतियोगिता, लैंगिक हिंसा न्यूनीकरणमा किशोरकिशोरीको भूमिका विषयक अन्तत्र्रिmया, सडक नाटक लगायतका कार्यक्रम तय गरिएको उपप्रमुख विकले बताइन् ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको आइतबारदेखि जिल्लाभरि विभिन्न कार्यक्रमको आयोजना गरी सुरुआत गरिएको छ । २५ नोबेम्बरदेखि १० डिसम्बरसम्म मनाइने उक्त अभियानअन्तर्गत बाँकेको नेपालगञ्ज, कोहलपुर तथा खजुरामा आइतबार सचेतना र्याली र कोणसभा गरिएको छ ।

खजुरा बजारको हाटबजारमा भएको सचेतनामूलक ¥याली धनौली हुँदै पुनः हाटबजारमै पुगेर कोणसभामा परिणत भयो । कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले हिंसाविरुद्ध सचेतना जगाउने उद्देश्यले कार्यक्रमहरु अगाडि सारिएको बताए ।

वडा नं. ३ का वडाध्यक्ष कान्तुराम गौतमको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय धनौलीका प्रमुख प्रहरी निरीक्षक मखनप्रसाद यादवले महिला हिंसाविरुद्ध प्रहरी संगठन सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।

खजुरा गाउँपालिकाको आयोजना र नारी उत्थान केन्द्र खजुरा, साथी संस्था बाँके, प्लान इन्टरनेसनल नेपाल, दलित महिला संजाल, युवा महिला संजाल, बाल संरक्षण समिति, पुष्पाञ्जली बहुउद्देश्यीय सहकारी संस्थालगायतको संयुक्त सहकार्यमा लैंगिक हिंसाविरुद्धको अभियान खजुरामा सञ्चालन हुने जनाइएको छ ।

प्रतिक्रिया