खोजखबर

महाधिवेशनको माग गर्दै सानेपामा नेविसंघको धर्ना

सौर्य अनलाइन २०७५ मंसिर १० गते ६:५१ मा प्रकाशित

काठमाडौं । नेपाल विद्यार्थी संघले १२औँ महाधिवेशनको वातावरण निर्माण गर्न माग गरेको छ । नेविसंघले ११औँ महाधिवेशन सम्पन्न भएको दुई वर्ष तीन महिना पुग्दासमेत अर्कोे महाधिवेशनको वातावरण नबनेको भन्दै आइतबार नेपाली कांग्रेस पार्टी कार्यालयमा नेतृत्वलाई दबाब दिएको हो ।

पार्टीले नेविसंघसँग छलफल नगरी हचुवाको भरमा दुई महिना म्याद थप गरेर निर्वाचन टार्न खोजेको नेविसंघका नेता दीपक भट्टराईले बताए । ‘दुई वर्ष तीन महिनामा हुन नसकेको नेविसंघको १२औँ महाधिवेशन अब दुई महिनामा हुन्छ भनेर कसरी पत्याउने, नेतृत्वको निर्वाचन नगर्ने खेल हो’ उनले भने ।

नेविसंघका नेता हिमालदत्त श्रेष्ठले महाधिवेशन सुनिश्चित गर्नुभन्दा पनि पार्टी नेतृत्वले बहुमतका आधारमा नेविसंघको विधान मिच्ने काम गरेकाले आफूहरू धर्नामा बस्नु परेको बताए । नेविसंघको विधानमा निर्वाचन भएको दुई वर्षभित्र अर्को निर्वाचन गरिसक्नुपर्ने अन्यथा विशेष परिस्थितिमा तीन महिना थप्न पाउने व्यवस्था छ । कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १ गते बसेको बैठकले नेविसंघको समयावधि दुई महिना थप गरेको छ ।

यही मंसिर २८ देखि पुस ३ गतेसम्म काठमाडौंमा हुन लागेको कांग्रेस महासमितिको बैठकमा छलफल हुने विधान मस्यौदाबारे केन्द्रीय कार्यसमितिमा छलफल सुरु भएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय