महिला विश्वकप क्रिकेट: उपाधिका लागि इंग्ल्यान्ड र अस्ट्रेलिया भिड्ने

एजेन्सी, एन्टिगा । वेस्ट इन्डिजमा जारी महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएका सेमिफाइनल खेलमा इंग्ल्यान्ड र अस्ट्रेलिया विजयी भएका छन् । पहिलो खेलमा इंग्ल्यान्डले भारतलाई ८ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतले १९.३ ओभरमा सबै विकेट गुमाई ११२ रन मात्र बनाएको थियो ।

जवाफमा इंग्ल्यान्डले १७.१ ओभरमा दुई विकेट गुमाई निर्धारित लक्ष्य पूरा गरेको थियो । इंग्ल्यान्डका लागि एमी जोन्सले अविजित ५३ र नाताली सिभरले अविजित ५२ रन बनाएका थिए । यस्तै, दोस्रो खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ७१ रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गर्नु परेको अस्ट्रेलियाले पाँच विकेटको क्षतिमा १४२ रन बनाएको थियो । जवाफमा वेस्ट इन्डिजको टोली १७.३ ओभरमा ७१ रनमै समेटिएको थियो । अब फाइनल खेल आगामी आइतबार हुनेछ ।

प्रतिक्रिया