क्यानडा पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं । केन्द्रीय प्रहरी अनुसन्धान ब्युरोले क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पुतलीसडकबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर, बकैया गापा–९ की सुनिता तिवारी बाइवा रहेकी छन् । क्यानडामा आकर्षक रोजगारीको प्रलोभनमा पारी नक्कली कागजातसमेत बनाई दिएर भारतसम्म पु¥याई पीडितबाट प्रतिव्यक्ति रु सात लाखदेखि १२ लाखसम्म रकम लिई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा उनलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

बाइवालाई शुक्रबार जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । शिक्षा मन्त्रालयबाट समेत स्वीकृति नलिई काठमाडाैँको पुतलीसडकमा कार्यालय खोलेर विदेशमा अध्ययन गर्न जान चाहने युवा विद्यार्थीलाई लक्षित गरी विभिन्न पत्रपत्रिकामा विज्ञापन दिने र पीडित सम्पर्कमा आएपश्चात् नेपालबाट भारतको नयाँदिल्लीलगायतका विभिन्न स्थानमा पुर्याई महीनौँसम्म राखेर शोषण गरी पीडितलाई अलपत्र पारी सम्पर्कविहीन हुने गरेको अनुसन्धानबाट खुलेको ब्यूरोका प्रहरी नायब उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए ।

प्रतिक्रिया