मेनुकालाई जिताउन सहयोग

झापा । भारतीय रियालिटी सो ‘सारेगम’ मा विजय नेपाली युवतीलाई जिताउन आर्थिक सहयोग जुटाउने अभियान थालिएको हो । हल्दिबारी–४ की दृष्टिविहीन गायिका मेनुका पौडेललाई विभिन्न व्यक्ति तथा संघसंस्थाले आर्थिक सहयोग जुटाएका हुन् ।

आर्थिक अभावकै कारण प्रतियोगितामा हार्नु नपरोस् भन्ने उद्देश्यले पौडेललाई हल्दिबारी–४ का वडासदस्य महेशलाल मेचेको नेतृत्वमा वडा कार्यालयबाट ६१ हजार संकलन गरी प्रदान गरिएको हो । पौडेलले गत वर्ष एपी वान टेलिभिजनको नेपाल आइडलको टप ११ मा पर्न सफल भएकी थिइन् ।

हाल गायिका पौडेल सारेगममा लाखौँ प्रतियोगीलाई पछि पार्दै टप १३ मा परेकी छन् । प्रतियोगितामा क्षमतासँगै भोटिङ आवश्यक पर्ने भएकाले उनलाई जिताउन आर्थिक संकलन अभियान सञ्चालन गरिएको वडासदस्य मेचेले बताइन् ।

प्रतिक्रिया