सामुदायिक वनको अवस्था नाजुक

प्रेमराज जोशी, काठमाडौं । तीव्र रूपमा भइरहेको वन फडानीका कारण सामुदायिक वनको अवस्था दिनानुदिन नाजुक बन्दै गइरहेको छ । संरक्षण क्षेत्रभित्र कै वनहरू संरक्षण नभएको, त्यसमाथि सामुदायिक वन त झनै संकटमा परेको नेपाल वन प्राविधिक संघले जनाएको छ ।

नेपालमा रहेका २२ हजार २ सय ६६ वटा सामुदायिक बनले २२ लाख ३७ हजार ६ सय ७० हेक्टर क्षेत्रफल ओगटेको छ । सामुदायिक वनहरूको राम्रोसँग व्यवस्थापन हुन नसक्दा र वढ्दो रूपमा भइरहेको अवैध काठचोरी तस्करीका कारण सामुदायिक वनहरूको अवस्था झन् नाजुक बन्दै गइरहेको नेपाल वन प्राविधिक संघका अध्यक्ष कुमुद क्षेष्ठले वताए । सामुदायिक वनहरूको राम्रो सँग ब्यवस्थापन हुन नसक्दा स्थानीय समुदाय र सरकारले हाल सम्म अपेक्षाकृत लाभ प्राप्त गर्न नसकेको समेत उनले वताए ।

कुनै कुनै क्षेत्रमा उपभोक्तानै रुख काट्यो भने घाँस आउने भन्दै सामुदायिक वनहरू फँडानी गरिरहँदा झन् समस्या आएको देखिएको छ । सामुदायिक वनहरूको चरम विनास भइरहेको सन्दर्भमा दिगो वैज्ञानिक वन व्यवस्थापन अपरिहार्य भएको अध्यक्ष श्रेष्ठ बताउँछन् ।

उपभोग र संकलन मात्रै गर्ने तर संरक्षण नगर्ने हो भने केही वर्षमा हरिया वन र हिउँ पर्ने सेता हिमालहरू काला पाखाका रूपमा परिणत हुने वन विशेषज्ञहरूले चेतावनी दिएका छन् । बदलिँदो मौसम, हरित गृहको क्षयीकरण, बढ्दो विश्व तापमानले वन र हिमाल सखाप हुने कुरा वैज्ञानिकहरूले गर्दै गर्दा हाम्रा कामहरूले पनि वन र हिमाललाई थप क्षति गर्ने देखिएको विज्ञहरूको भनाइ छ ।

प्रतिक्रिया