अनियमितता भएको बारे अख्तियारको पत्र

तिवारी यादव, वीरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाले परवानीपुर गाँउपालिकाका प्रमुख र कार्यकारी अधिकृतलाई चालु आव २०७५÷०७६ मा बजेट विनियोजन गरीएको कागजपत्र यथाशिघ्र उपलब्ध गराउन पत्रचार गरेको छ ।

परवानीपुर गाँउपालिकाका अध्यक्ष हरीनारायण साह र कार्यकारी अधिकृत जयराम पंजियारलाई अख्तियारले बुधबार पत्रचार गरेको श्रोतले जनाएको छ ।

गाँउपालिका अध्यक्ष साह र कार्यकारी अधिकृत पंजियारको मिलोमतोमा रहेको भेपर खरीदमा अनियमितता भएको शंका भएकाले चालु आव २०७५÷०७६ भित्रको कागजपत्र उपलब्ध गराउन माग गरेको गाँउपालिका कार्यालयले जनाएको छ ।

प्रतिक्रिया