ह्वावेमेट ट्वान्टी प्रो नेपालमा

काठमाडौं । अन्र्तराष्ट्रय मोबाईल ब्रान्ड ह्वावेले सबैभन्दा सर्वोत्कृष्टमध्येको सर्वोत्कृष्ट स्मार्टफोन ‘ह्वावे मेट ट्वान्टी प्रो’ नेपालमा सार्वजनिक गरेको छ । गत महिना अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरिएको ह्वावे मेट ट्वान्टी प्रो प्रयोगकर्ताहरू माझ सर्वोत्कृष्ट स्मार्टफोनका रूपमा चिनिदै आएको कम्पनीले दाबी गरेको छ ।

उक्त फोनमा लाइका अल्ट्रा वाइड एंगल लेन्ससहितको लाइका ट्रिपल क्यामरा, किरिन ९८० सहितको आर्टिफिसियल इन्टेलिजेन्स (एआई), ४० वाटको सुपर चार्ज तथा वायरलेस रिभर्स चार्ज युक्त ४ हजार २ सय एमएएच ब्याट्री, हाईटच थ्रीडी फेस रेकगिनसन लगायतका विशेषता रहेका छन् । उक्त फोनको बजार मूल्य १ लाख २९ हजार ९ सय रहेको छ ।

प्रतिक्रिया