सहिमा र रमेशको नक्कली

काठमाडौं । गायिका सहिमा श्रेष्ठ तथा गायक रमेश श्रेष्ठ मेलोडीको गीत ‘नक्कली’ को भिडियो सार्वजनिक भएको छ । दर्जनौं चर्चित गीत गाएर चर्चा कमाइसकेका गायिका सहिमा र गायक रमेशको आवाजको डान्सिङ बिटमा रहेको उक्त गीत युट्युबमार्फत रिलिज गरिएको हो ।

गीतकार अम्बिका गुरुङको शब्द तथा गायक रमेशको मेलोडी संगीत रहेको गीतको भिडियोलाई वासु न्यौपाने र अभिनाश महर्जनले छायांकन गरेका छन् । कोरियोग्राफी तथा निर्देशन राहुल बराइलीले गरेको उक्त भिडियोमा नबिन आरुसी र राहुलको अभिनय छ ।

प्रतिक्रिया