छायांकनमा जम्दै जीवन

काठमाडौं । नेपालमा चलचित्र निर्माणको क्रम बढेसँगै यो क्षेत्रमा संलग्न हुन चाहने प्राविधिकको संख्या पनि उल्लेख्य रूपमा बढ्दै गएको छ । छायांकन विधामा पछिल्लो समय युवापुस्ताको आकर्षण बढ्दो छ । यही अवसरमा ६ वर्षदेखि छायांकार जीवन पराजुली चलचित्र खिच्न व्यस्त छन् । काभ्रेको ज्याम्दीमा जन्मिएका जीवन पछिल्लो समयमा व्यस्त छायांकनमा निकै व्यस्त छन् ।

उनले कम उमेरमै एक दर्जनभन्दा बढी ठूलो पर्दाका चलचित्रसँगै दर्जनौँ म्युजिक भिडियो, वृत्तचित्र र केही टेलिचलचित्रमा आफ्नो क्यामेरा घुमाइसकेका छन् । ६ वर्षअघि सहायक छायांकार हुँदै चलचित्र क्षेत्रमा प्रवेश गरेका जीवनले त्यसयता मुख्य छायांकारका स्थापित गरिसकेका छन् । उनले ‘चियर्स’, ‘झमेला’, ‘खतरनाक’, ‘झमकबहादुर’, ‘स्पर्स’ र ‘काले दाइ’ लगायतका चलचित्रमा छायांकन कला देखाइसकेका छन् ।

हाल टेलिभिजनबाट प्रसारण भइरहेको टेलिसिरियल ‘हर्के हवल्दार’, ‘डियर जिन्दगी’ पनि जीवनले नै खिचेका टेलिसिरियल हुन् । जीवन हाल राजु अधिकारी निर्देशित ‘मेरो आप्mनो’ खिच्न व्यस्त छन् । यो चलचित्रपछि उनी एसियाकै नमुना गाउँका रूपमा परिचित लमजुङको घलेगाउँमा चलचित्र ‘मजेत्रो’ खिच्न व्यस्त हुनेछन् ।

‘अन्तर्राष्ट्रिय बजारमा भित्रिएका नयाँ प्रविधिको अध्ययन र त्यसप्रतिको लगावले मलाई फिल्म खिच्न प्रोत्साहित गरेको हो,’ जीवन भन्छन्, ‘यो पेसामा लागेर मैले दामसँगै नाम पनि कमाएको छु । म सन्तुष्ट छु ।’ उनले चलचित्र क्षेत्रमा लागेरै विभिन्न सम्मान र अवार्डसमेत हात पार्न सफल भएका छन् ।

प्रतिक्रिया