सरकारले देखेन सभापोखरी, शिवधारा र गुफापोखरी

सरकारले ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले केही दिनअघि एक सय नयाँ गन्तव्यस्थलको छनोट गरी सार्वजनिक गर्यो । संखुवासभाका पनि दुई गन्तव्य सरकारको सय स्थानको सूचीमा प¥यो । सरकारको सूचीमा संखुवासभाका अरुण उपत्यका र बालेश्वर गुफा परे । तर, जिल्लामा रहेका अन्य तीन महत्वपूर्ण स्थानहरू भने छुटेका छन् । सरकारको सूचीमा जिल्लाको धार्मिक तथा पर्यटकीय पोखरी सभापोखरी, गुफापोखरी र शिवधाराजस्ता पर्यटकीय गन्तव्य छुटेका छन् । जुन संखुवासभालाई परिचित गराउने मध्येका केही स्थानहरू हुन । तर, सरकारको आँखा त्यहाँ पुगेन ।

‘सभापोखरी’ नाम सुन्ने बितिकै सबैको मनमा पर्छ, एकपटक पुग्नैपर्ने ठाउँ मध्येको एक हो भनेर । सभापोखरीको नाम सुन्ने जो कोहीको मनमा पर्छ, एक पटक पुग्नैपर्छ । फेरि सभापोखरीको इतिहास नै सुन्ने मान्छेहरू त एकपटक जसरी पनि पुगेकै हुन्छन् । यता सभापोखरीको जस्तै छाप छ गुफापोखरीको पनि । गुराँसको राजधानीको छेउमा अवस्थित गुफापोखरीको नाम सुन्ने जो कोही पनि पुग्नका लागि आतुर हुन्छ । त्यस्तै, मध्येको अर्को धार्मिक तथा पर्यटकीय गन्तव्य शिवधारालाई पनि पर्यटन प्रवद्र्धन गर्नपर्छ भनेर सरकारको ध्यान गएन ।

सभापोखरीमा जनैपूर्णिमाको दिन सबैभन्दा धेरै भक्तजनहरू पुग्ने गरेका छन् । किंवदन्तीअनुसार पृथ्वीमा दैत्यहरूले गर्ने विनाश रोक्न देउताहरूले सभापोखरीमा सभा बसी योजना बनाएका थिए । त्यस पोखरीको अर्को पनि किंवदन्ती रहिआएको छ । ‘वेद व्यासले सम्पूर्ण देवी देवताहरूलाई भेला गराएर पुराण भनेका थिए’ । देउताहरूले सभा गर्ने स्थल भएकाले यसको नाम सभापोखरी रहन गएको किंवदन्ती छ ।

सभापोखरी, शिवधारा र गुफापोखरी सरकारको सय गन्तव्यको नजरभित्र पर्न नसक्नु आश्चर्यजनक विषय हो । गत कात्तिक १५ गते संघीय सरकारले देशभरका एक सयवटा नयाँ पर्यटकीय गन्तव्यस्थलको सूची सार्वजनिक गरेको थियो । सूचीमा समावेश तथा संवर्धन गर्नुपर्ने र नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीय स्थल छन् । तर, स्थापित र नयाँ दुवैमा सभापोखरी, शिवधारा र गुफापोखरी अटाएन । जिल्लाको सभापोखरी गाउँपालिकामा सभापोखरी, मकालु गाउँपालिकामा शिवधारा र चैनपुर नगरपालिकामा गुफापोखरी पर्छ । सभापोखरी समुद्र सतहदेखि ४ हजार २ सय ४० सय मिटर उचाइमा छ । गुफापोखरी करिब ३ हजार ५ सयको उचाइमा छ भने शिवधारा ४ हजार ६ सयको उचाइमा पर्छ ।

सभापोखरीमा जनैपूर्णिमाको दिन सबैभन्दा धेरै भक्तजनहरू पुग्ने गरेका छन् । किंवदन्तीअनुसार पृथ्वीमा दैत्यहरूले गर्ने विनाश रोक्न देउताहरूले सभापोखरीमा सभा बसी योजना बनाएका थिए । त्यस पोखरीको अर्को पनि किंवदन्ती रहिआएको छ । ‘वेद व्यासले सम्पूर्ण देवी देवताहरूलाई भेला गराएर पुराण भनेका थिए’ । देउताहरूले सभा गर्ने स्थल भएकाले यसको नाम सभापोखरी रहन गएको किंवदन्ती छ ।

गुफा पोखरी क्षेत्रबाट मकालु, कञ्चनजंघासहित हिमालहरूको अवलोकन गर्न सकिन्छ भने ती शिखरहरूको छायाँ गुफापोखरीमा प्रस्ट देखिन्छ । त्यही क्षेत्रमा विश्वमा पाइने ३२ प्रजातिका गुराँसमध्ये २८ प्रजातिका लालिगुराँससमेत अवलोकन गर्न सकिन्छ । यतिका पर्यटनको प्रचुर सम्भावना हुदाँहुदै पनि सरकारको सूचीमा भने उक्त पोखरी नपरेकोमा स्थानीय मनबहादुर लिम्बूले दुखेसो गरे ।

शिवधाराको किंवदन्ती हेर्ने हो भने भगवान् शिवले नुहाएको भन्ने इतिहास भेटिन्छ । त्यसको साथै भगवान् शिव र पार्वतीको क्रीडा स्थलसमेत रहेको किंवदन्ती छ । सन्तान नहुनेले सन्तान प्राप्तिका लागि त्यस धारामा विभिन्न सामग्री चढाउने गरेका छन् । त्यो ठाउँमा भगवान् गणेशको प्राकृतिक मूर्ति स्पष्ट देखिन्छ भने महिला तथा पुरुषको यौनांगको प्राकृतिक चित्रहरू पनि स्पष्ट देख्न सकिन्छ ।

यस्ता धार्मिक तथा पर्यटकीय क्षेत्र संखुवासभामा त्यति मात्रै होइनन् । अन्य थुप्रै गुफा, पोखरीहरू र पहाडहरूलगायतका प्रचुर पर्यटनका सम्भावना भएका स्थानहरू हुँदाहुँदै पनि सरकारको त्यसतर्फ ध्यान जान सकेको छैन । ख्याति कमाएका र पर्यटकहरूलाई खिच्न सक्ने स्थलहरू नै सरकारको नजरमा पर्न नसक्दा यसको विकास र सम्वद्र्धन ओझेलमा पर्ने निश्चित छ । पर्यटकीय गन्तव्यमा सरकारले सभापोखरी, गुफापोखरी र शिवधारालाई नसमेटेकोमा स्थानीय पत्रकार गंगा विष्टले पनि आश्चर्य प्रकट गरे । उनी भन्छन्, ‘संखुवासभामा मुख्य पर्यटकीयस्थल हुँदाहुँदै पनि सरकारले चिन्न सकेन, यो सरकारको अनभिज्ञता हो ।’

पर्यटन मन्त्रालयले सार्वजनिक गरेको सय गन्तव्यको सूचीमा संखुवासभाका दुई स्थान परेका छन् । प्रसिद्ध धार्मिकस्थल बालेश्वर गुफा नयाँ तथा विकास गर्नुपर्ने गन्तव्यमा र र विश्कै होचो उपत्यका अरुण उपत्यका स्थापित तथा प्रवद्र्धन गरिनुपर्ने पर्यटकीय गन्तव्यका रूपमा राखिएको छ । अरुण उपत्यका सदरमुकाम खाँदबारीबाट १३ किलोमिटरको दूरीमा पर्छ ।

अरुण उपत्यकामा पूर्वकै प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसमेत रहेको छ । सो उपत्यकालाई सती प्रथाको विरुद्ध योगमाया न्यौपानेले आफ्ना ६८ जना अनुयायीहरूका साथ जल समाधि लिएको र बालागुरु षडानन्द अधिकारीले शिक्षाको ज्योति छरेको उपत्यका भनेर पनि चिनिन्छ । यातायातको असुविधाको कारणले गर्दा यो ठाउँले पाउनुपर्ने जति चर्चा पाउन सकेको भने छैन ।

भौगोलिक तथा सांस्कृतिक विविधताले भरिएको यो उपत्यकालाई पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण स्थानको रूपमा लिने गरिन्छ । तर, भरपर्दो सडक सञ्जाल र भौतिक पूर्वाधारको विकास हुन नसक्दा प्रशस्त सम्भावना रहेको पर्यटन व्यवसाय फस्टाउन सकेको छैन् । कुनै पर्व विशेषमा मानिसहरू दुःखका साथ ती स्थानमा पुग्ने गरे पनि अरू वेला चाहेर पनि पर्यटकहरू पुग्न गाह्रो छ । सरकारले छानेको जिल्लाको दुई गन्तव्यमध्ये अरुण उपत्यका पर्यटकीय गन्तव्यमध्ये यो सबैभन्दा उच्च स्थानको हो ।

सरकारले छनोट गरेको अर्को पर्यटकीय गन्तव्य हो बालेश्वर गुफा । जुन गुफा चैनपुर नगरपालिका–७ मा पर्छ । जुन चैनपुर बजारभन्दा करिब ३ किलोमिटरको दूरीमा पर्छ । बालेश्वर गुफामा विश्वकै सबैभन्दा ठूलो शिवलिंग रहेको स्थानीयहरूको दाबी छ । तर, पर्यटन मन्त्रालयले सार्वजनिक गरेका यी क्षेत्रलाई पर्यटकको उत्कृट गन्तव्य बनाउनका लागि भने स्थानीय तहको सबैभन्दा ठूलो भूमिका रहने स्थानीय जनताको बुझाइ छ ।

पर्यटन प्रवद्र्धनका लागि स्थानीय तहले खास योजनाका साथ अघि बढ्नुपर्छ । खाँदबारी नगरपालिकाका स्थानीय सन्तोश चापागाईंले भने, ‘पर्यटन मन्त्रालयले एक सय गन्तव्यको सूचीमा राखे पनि यो क्षेत्रमा पर्यटकलाई बढी उपस्थित गराउन त मुख्य जिम्मेवारी स्थानीय तहको नै हो ।’ विशेषगरी पर्यटकहरूलाई त्यस क्षेत्रसम्म पुग्ने सहज यातायातको नै व्यवस्थापन गर्नुपर्ने पाँचखपन नगरपालिकाका हरि लिम्बू बताउँछन् । ‘स्थानीय तहहरूले पर्यटकीय क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्यो ।’ लिम्बूले भने, ‘संखुवासभाका दुई स्थान क्षेत्र एक सय गन्तव्यको सूचीमा परे भनेर मख्ख भइरहँदा आफ्नो जिम्मेवारीसमेत थपिएको महसुस यहाँका जनप्रतिनिधिले गर्नुपर्छ ।’ जिम्मेवारीअनुसार काम गरेर ती दुई क्षेत्र सबैलाई चिनाउने गरी विकास गर्नुपर्ने उनको सुझाव छ ।

स्थानीय तहले सामान्य खालका पहलहरू गरे मात्रै पनि यस्ता क्षेत्रमा पर्यटकको ओइरो लगाउन सकिने स्थानीयको भनाइ छ । पर्यटकहरूलाई सहज यातायात, खान बस्नको राम्रो प्रबन्ध र सुरक्षाको प्रत्याभूति स्थानीय तहले दिन सके पर्यटकहरू भित्रिने स्थानीय पर्यटन व्यवसायीहरूको भनाइ छ । आमनागरिकहरूमा नै पर्यटनको विकासबाट हुने फाइदालाई बुझाउन नसक्नु स्थानीय तहको चुनौती रहेको पर्यटन व्यवसायीसमेत रहेका मनबहादुर लिम्बू बताउँछन् ।

‘गन्तव्य क्षेत्र घोषणा भएर मात्र हुँदैन स्थानीय तहले पनि आफ्नो जिम्मेवारीअनुसार काम गर्नुपर्छ । त्यो जिम्मेवारी हामी सबैको हो,’ लिम्बूले भने, जिल्लाका विभिन्न क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नका लागि स्थानीय तहले समेत अग्रसरता देखाएका छन् । तर, पर्याप्त बजेट तथा योजना नहुँदा यी अझै पनि ओझेलमा नै छन् । खासगरी, पर्यटकीय क्षेत्रको विकासका लागि खाँदबारी नगरपालिकाले योजना बनाइरहेको अरुण उपत्यका रहेको नगरपालिका खाँदबारी नगरपालिका मेयर मुरारीप्रसाद खतिवडाले बताए ।

यता बालेश्वर गुफालाई पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्नका लागि योजनाहरू बनाइरहेका छौँ । बालेश्वर गुफा रहेको चैनपुर नगरपालिकाका मेयर भरतकुमार खत्रीले बताए । अझै बढी प्रचारप्रसार तथा भौतिक संरचना निमार्णका लागि सहयोग गर्न केन्द्र र प्रदेश सरकारलाई समेत आग्रह गर्ने योजना बनाएको मेयर खत्रीको भनाइ छ । यो गुफाको इतिहास धेरै नै लामो भएकोले आफू पनि अध्ययनकै क्रममा रहेको उनले बताए ।

धेरै ताल र पोखरीहरूसमेत रहेको जिल्लामा यसको सदुपयोग गरी त्यहाँसम्म सडक सञ्जाल जोड्न सकियो र पर्यटकीय पार्क र रिसोर्ट बनाउन सकिएको खण्डमा संखुवासभाले अनुहार फेर्नेमा दुई मत नरहेको स्थानीय लेखनाथ बुढाथोकीले बताए । विश्वकै अग्लो हिमालदेखि विश्वकै सबैभन्दा होचो अरुण उपत्यका, सभापोखरी, पाँचपोखरी, गुफा पोखरी, शिवधारा, नागेश्वर गुफा, लालीगुराँसको राजधानी तीनजुरे मिल्के जलजलेलगायत संखुवासभाका चर्चित पर्यटकीय तथा धार्मिक स्थलहरू हुन् ।

भौगोलिक विविधताले भरिएको यो जिल्लालाई पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण स्थानको रूपमा लिने गरिन्छ । तर, भरपर्दो सडक सञ्जाल र भौतिक पूर्वाधारको विकास हुन नसक्दा प्रशस्त सम्भावना रहेको पर्यटन व्यवसाय फस्टाउन सकेको छैन् । कुनै पर्व विशेषमा मानिसहरू दुःखका साथ ती स्थानमा पुग्ने गरे पनि अरू वेला चाहेर पनि पर्यटकहरू पुग्न सकिरहेका छैनन् ।

हवाई मार्गबाट तुम्लिङटार पुग्ने पर्यटकसमेत मकालु, गुफा पोखरीलगायत स्थानमा पुग्न सकेका छैनन् । प्रचारको अभावमा धार्मिक महत्वको सभापोखरीबाट समेत संखुवासभाले आम्दानी लिन सकेको छैन ।

प्रतिक्रिया