पत्नी हत्यामा पति पक्राउ

पाँचथर । पाँचथर जिल्लाको दक्षिण फाल्गुनन्द गाउँपालिका, फाक्तेप–३ साप्लामा बस्ने ४५ वर्षीय नरबहादुर चेम्जोङलाई पत्नी हत्यामा प्रहरीले पक्राउ गरेको छ ।

चेमजोङका आफ्नै जेठीपत्नी ४२ वर्षीया ईन्द्रमाया चेम्जोङलाई मंगलबार राती ७ः३० बजे खुकुरीले काटेर हत्या गरेका हुन् । नरबहादुरको दुई पत्नी थिए । यी परिवारहरू फाक्तेपको कोलबुङदेखि दक्षिण पाँच मिनेटको दुरीमा बस्दथे । जेठीलाई अलग्गै बस्ने व्यस्था गरिएको थियो ।

जेठीपत्नी ईन्द्रमायालाई दबाब दिँदै आएको धेरै वर्ष भएको प्रत्यक्षदर्शीहरूले जनाएका छन् । रातीको समयमा घरझगडा हुँदा खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरिएको जनाइएको छ ।

मृतक मायाको घाँटीको छाला छिन्न बाँकीरहेको हत्यापछि प्रत्यक्षदर्शीले जनाए । ईन्द्रमायाको हत्याका दोषी नरबहादुरलाई प्रहरीले सोही राती १२ः३० मा पक्राउ गरेको छ । हत्या गरी भागेका चेम्जोङलाई, इलाम र पाँचथरको सीमाना फुङसिगडाँडाको जंगलबाट भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी प्रवक्ता अनील पौडेलले जनाएका छन् ।

हत्याको कारण छानबिनपछि पत्ता लाग्ने प्रवक्ता पौडेलले जनाए । पौडेलका अनुसार घटनाबारे सोधपुछका लागि नरबहादुर चेम्जोङकी कान्छी पत्नी सुष्मा लावतीलाई समेत नियन्त्रणमा लिएको छ । मृतक ईन्द्रमायाको पाँचथर जिल्ला अस्पतालमा बुधबार पोस्टमार्टम गरियो ।

प्रतिक्रिया