क्यालिफोर्निया डढेलो, मर्नेको संख्या ७७ पुग्यो

अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यको जंगलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ७७ पुगेको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । उत्तरी क्यालिफोर्निया राज्यमा १० दिन अगाडि सुरु भएको यस डढेलोमा परी ७७ व्यक्तिको मृत्यु भएको काउन्टीका प्रहरी अधिकृत कोरी होनेआले बताएका छन् ।

यस विपदमा हराइरहेका व्यक्तिहरूको संख्या १२ सयभन्दा बढी भएको बताइएको थियो । तर, यो संख्या ९ सय ९३ मात्र भएको जारी काउन्टी प्रहरी अधिकारीद्धारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ ।

यस डढेलोको कारण १० हजारभन्दा बढी निजी भवन जलेका र विस्थापित भएका हजारौँ मानिस अस्थायी शिविरमा छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्निया राज्यमा डढेलो लागेको क्षेत्रमा शनिबार भ्रमण गरेका थिए ।

प्रतिक्रिया