मिटु अभियान आक्रोश कि यथार्थ

विश्वमा चर्किएको मि टु अभियान नेपालमा सुरु गर्दा अझै नेपालका दुर दराजका महिला दैनिक रूपमा बोक्सीको आरोप, छाउपडी प्रथा दाइजो नपाएको निहुँमा कुटपिट र घरनिकाला भइरहेका छन् । यो विषयका देशका एनजिओहरूले गरिखाने भाँडो बनाए पनि ‘मि टु’ अभियान जसरी बाहिर ल्याउन सकेका छैनन्

नेपालमा अहिले चर्चामा आएको मिटु अभियान सन् २००६ मा अमेरिकन नागरिक तारना बुर्केले माई स्पेसबाट सुरु गरेकी थिइन् । बुर्के आफु पनि यौन हिंसामा परेकी थिईन भने टुस्केई र अलावामाका बालीकाहरुले चरम यौन दुव्र्यवहार सहनु परेको थियो । तारना बुर्केले चालेको यो मिटु अभियान तिनै बालिकाले भोग्दै आएको यौन दुव्र्यवहारका विरुद्ध थियो ।

त्यस क्षेत्रका बालिकामाथि भएकको यौन दुव्र्यवहारविरुद्ध सञ्चालन गरेको मिटु अहिले विश्वभर फैलिँदै गएको छ । अमेरिकाबाट सुरु भएको यो आन्दोलन डेढ सय देशमा फैलिइसकेको छ । ‘मि टु’ अर्थात् मसँग ले २०१७ सम्म आइपुग्दा अमेरिका हुँदै भारतसम्म भित्रि सकेको थियो । बुर्केले सुरु गरेको अभियानलाई अमेरिकामै पहिलोपटक जलमल गरिन चलचित्र अभिनेत्री एलिसिया मिलानोले ।

मिलानोले चलचित्र निर्माता हार्वे वेइनस्टेनले गरेका महिला यौन दुव्र्यवहारका घटना बाहिर ल्याइन् । अमेरिकामा सुरु भएको एक वर्षपछि भारतमा प्रवेस गरेको ‘मि टु’ अर्थात मसँग अभियानले पहिलो प्रहार नै चलचित्र क्षेत्रमाथि गरेको थियो । अमेरिकाबाट भारतमा आएकी चलचित्रकर्मी तनुश्री दत्ताले नाना पाटेगरलाई यौन दुव्र्यवहारको आरोप लागाइन् । चलचित्रकर्मी तनुश्री दत्ताले मिटुकै माध्यमबाट आफूमाथि १० वर्षअघि भएको यौन दुव्र्यवहारलाई सार्वजनिक गर्दै प्रहरीमा नाना पाटेकरविरुद्ध किटानी जाहेरी नै दिएकी छन् ।

यो विषयलाई भारतमा गम्भीरतापूर्वक हेरिएको छ । अर्का चलचित्र निर्देशक विकास बहललाई नायिका कंगना रनावत र अर्की चलचित्र कर्मीमाथि यौनशोषण गरेको आरोप लागेको छ । भारतमा भने मिटु अभियानको आँधी नै बनेर पसेको छ । वैदेशिक मामिलाका राज्यमन्त्री एमजे अकबरमाथि ‘मिटु’ कै माध्यमबाट यौन दुव्र्यवहार गरेको आरोप लागेको छ ।

पत्रकार प्रशान्त झालाई दुव्र्यवहारको आरोप लागेपछि छानबिन नसकिउन्जेल सम्मका लागि हिन्दूस्तान टाइम्सले ब्युरो चिफ तथा सम्पादकलाई पदमुक्त ग¥यो । भारतकै चर्चित लेखक चेतन भगतलाई समेत मिटुले अभियानले छोडेन । जर्मन लेखक अलि क्यानले भने फरक मत राख्दै मिटु अभियानलाई वर्ण विभेदसँग जोडे । तर, नेपालमा भने रिसिइबी साँध्ने बाटो बन्ने देखिएको छ ।

‘मि टु’ कै कुरा गर्ने हो भने सन् २०१६ मा डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिका लागि उम्मेदवार भएपछि उनीमाथि करिब २० जना महिलाले यौन दुव्र्यवहारको आरोप लगाएका थिए । ट्रम्पमाथि लागेको आरोप पनि मिटु अर्थात् मसँगले विष जना महिला एक जुट भएर ट्रम्पमाथि खनिएका थिए ।

यि त भए मिटुले गर्दा विश्वमा घटेका घटना । अब नेपालमा भर्खर सल्बलाउन लागेको आन्दोलनको कुरा गरौ । महिलाहरूले आफूमाथि भएको यौन दुव्र्यवहार विरुद्ध आवाज उठाउनका लागि सुरु गरेको ‘मि टु’ अभियानले यतिवेला भारतमा चरम रूप लिएको छ भने नेपालमा पनि छिटपुट रूपमा देखिन सुरु गरेको छ ।

विश्वमा चर्किएको मि टु अभियान नेपालमा सुरु गर्दा अझै नेपालका दुर दराजका महिला दैनिक रूपमा बोक्सीको आरोप, छाउपडी प्रथा दाइजो नपाएको निहुँमा कुटपिट र घरनिकाला भइरहेका छन् । यो विषयका देशका एनजिओहरूले गरिखाने भाँडो बनाए पनि ‘मि टु’ अभियान जसरी बाहिर ल्याउन सकेका छैनन् ।

तर, आफुलाई १९ वर्ष पहिले भएको घटनाको स्मरण गराउँदै सामाजिक सञ्जालमार्फत् यौन दुव्र्यवहार भएको कुरा केही दिन पहिले सञ्चारकर्मी रस्मीला प्रजापतिले लेखेको भरमा नेपालमा एक किसिमको तरंग नै ल्याएको छ । दूर दराजका महिलाहरुले वर्षौदेखि भोगिरहेको हिंसाको विषयमा यति चाँडो बहस र प्रतिफल कहिल्यै आउन सकेन ।

प्रजापतिले आफूमाथि यौन दुव्र्यवहार गरेको भन्दै केशव स्थापितलाई आरोप लगाइन् । नेपालमा विभिन्न सञ्चारमाध्यममा समेत खुलेआम स्थापितले १९ वर्ष पहिले आफूलाई यौन दुव्र्यवहार गरेको र १५ बर्ष पहिले जागीरबाट हटाइएको बताउँदै आएकी छिन् । यो आरोपसँगै स्थापितको मन्त्री पदसमेत खुस्केको छ ।

हिम्मत देखाएर आफुमाथि लागेको आरोप सामाजिक सञ्जालमा प्रजापतिले लेख्न सुरु गरेपछि नेपालमा केही महिलाले आफूमाथि भएको दुव्र्यवहारलाई ‘मि टु’ ह्यासट्याग प्रयोग गरेर फेसबुक, ट्विटरबाट सार्वजनिक गर्ने हिम्मत गरेको भान हुन थालेको छ । अभियानको सुरुआतमै प्रदेश–३ का मन्त्रीसमेत रहेका पूर्व मेयर केशव स्थापित शिकार भएका छन् ।

तर, प्रदेश–७ का मन्त्री दिर्घ सोराडी पनि मिटु अभियानकै चपेटामा परेका हुन् । सोराडीले गुटबन्दी र आचरण ठीक नभएको भन्दै पदबाट बर्खास्त गरेको भने पनि प्रधानमन्त्रीको कार्यालयमा पुगेको महिलासँग गरेको अश्लील कुराकानी र आपत्तिजनक फोटोले उनको पद धरापमा परेको हो । अनसिनमा रहेर अश्लील कुराकानी प्रधानमन्त्री कार्यालयसम्म पु¥याउने हिम्मत गर्नेहरूले मि टु लाई प्रयोग गर्न भने नसकेकै हुन् ।

‘मि टु’ अर्थात् मसंँग अभियानले अरू मुलुकको जसरी चलचित्र क्षेत्रभन्दा नेपालमा भने राजनितिक क्षेत्रबाट सुरु ग¥यो । मिटु को प्रवेश हुनुभन्दा अगाडि पनि वेलावेलामा महिलाहरू आफूमाथि भएको यौन दुव्र्यवहारको विरुद्धमा बोल्दै आइरहेका थिए । नेपालमा यसको प्रभाव त्यति धेरै परिसकेको त छैन तर भारतमा भने यो अभियान र यसबाट अहिले परिरहेको र भविष्यमा पर्ने प्रभावका बारेमा बहस निकै चर्किएको छ ।

नेपालमा भर्खर सुरु गरे पनि महत्वपूर्ण पदमा बसेका दुई जना अभियानको सिकार भइसकेपछि यो अभियानले नेपालमा पनि सफलता हात पारेको भन्न मिल्छ । मिटु अर्थात् मसँग अभियानले यसरी पुराना घटना दोह¥याउँदा समाजमा पर्ने असरबारे भने कसैले ध्यान दिएको देखिँदैन । नेपाल अरू मुलुकजस्तो विकसित मुलुक होइन हाम्रो देशमा महिला र पुरुषबीच हुने सम्बन्ध र विदेशमा हुने सम्बन्ध पनि फरक तरिकाको छ ।

नेपाल एक संस्कारका बाँचेको देश पनि हो । यस देशमा रितिस्थिति, चालचलन, विवाह रितिथिस्ति, चाडबाडमा महिलाको महत्वपूर्ण भूमिका हुन्छ । हामी पितृसत्तात्मक देशका अविकसित नागरिक पनि हौँ । महिलाहरूले विदेशको सिको गरेर एनजिओमार्फत् पितृसत्तात्मक संस्कृतिको विरोधका लागि अभियानलाई अपनाएको पनि मान्न सकिन्छ । हुनतः लैंगिक हिंसाविरुद्ध विश्वले अपनाएको शून्य सहनशीलताको सिद्धान्तलाई थप बलियो बनाउँछ मिटु अभियानले । दुव्र्यवहारका विरुद्ध आवाज उठाउनका लागि मिटु नै कुर्नु त नपर्ने हो ।

आफ्नो कार्यक्षेत्रमा महिलामाथि हुने गरेका यौन दुव्र्यवहारका घटनालाई समाजमै छताछुल्ल पार्ने हिम्मतिलो उद्देश्य बोकेको यो अभियानले नेपालमा भावनात्मक र संस्कारिक दुर्घटना निम्त्याउने सम्भावना पनि उत्तिकै देखिएको छ ।

अहिले नेपालमा नयाँ फौजदारी मुलुकी संहिताले यौन दुव्र्यवहारलाई छुट्टै महलमा राखेर दण्डनीय बनाएको छ । संहिताको दफा २२४ मा आफ्नो पति–पत्नीबाहेक अरू कसैले पनि मञ्जुरीविना संवेदनशील अंगमा छोए, छुन प्रयास गरे, भित्री वस्त्र खोल्न लगाए, खोले, अस्वाभाविक रूपमा जबरजस्ती एकान्त ठाउँमा लगेमा, आफ्नो यौनांग छुन लगाएमा त्यसलाई यौन दुव्र्यवहार मानिने उल्लेख गरेको छ ।

यस्तो दुव्र्यवहार गरेको प्रमाणित भएका तीन वर्ष जेल र ३० हजार रूपैयाँ जरिवानाको सजायसमेत संहिताले तोकेको छ । फौजदारी मुलुकी संहिताले यौन दुव्र्यवहारलाई दण्डनीय बनाइसकेपछि नेपालमा मिटु अभियानको सहायता लिनुभन्दा तत्काल कानुनको सहायता लिने हिम्मत ग¥यो भने समाजबाट यौन दुव्र्यवहारका घटनालाई निर्मूल पार्न सकिन्छ ।

यसरी पुराना घटनालाई रिस र आक्रोशमा आएर प्रमाण बिना, सम्झना र दिन गन्तीका आधारमा आरोप लगाउँदै जाने हो भने कुनै एनजिओले नेपालमा महिलाहरूमाथि भएको यौन दुव्र्यवहार वा आत्मबल बढेको आँकडा त निकाल्न सक्ला जसरी सन् २००६ देखि अहिलेसम्म करिब १७ करोड ७० लाख महिलाहरूले यौन दुव्र्यवहारको घटनाबारे सार्वजनिक गरेका छन् । तर, सामाजिक एकताको भावना धेरै फाटिसकेको हुने छ ।

विश्वभर फैलिएको मिटु अभियानको नाममा सार्वजनिक भएका दुव्र्यवहारका घटनामा उच्च तहका व्यक्ति जोडिइरहेका छन् । पुरुषहरूमा भयको वातावरण समेत सिर्जना भएको छ । आरोप लगाएकै भरमा कोही कसैको पदप्रतिष्ठा गुम्ने अवस्था आउँदा यसले अर्को समस्या उत्पन्न गराउँछ । घटनाले अरू दुर्घटना ल्याउन सक्छ । यही कारण मानसिक तनावले ग्रस्त बनिरहेका छन । कतिपय सन्दर्भमा मिटु अव्यावहारिक पनि छ ।

महिलाहरूले बोलेका र लेखेका दुव्र्यवहारका सवालहरू यो अभियानले सबै सत्य मान्न सक्ला तर प्रमाण नपुग्दासम्म कानुनले पनि केही गर्न सक्ने अवस्था हुँदैन । केही महिला नियोजित रूपमा पनि कसैको व्यक्तिगत रिसिइबीका कारण पनि प्रयोग भए भने यसले समाजमा ठूलो असर पुर्याउँछ । महिलाहरुले आफूमाथि भएका यौन दुव्र्यवहारका विरुद्ध आवाज उठाउन पाउनुपर्छ ।

यौन दुव्र्यवहारविरुद्ध उजुरी गर्न पाउने, अनुसन्धान गर्ने सबै विषयलाई समेटेर एउटा कार्यविधि बनाउनु आवश्यक देखिन्छ । यसरी कोही व्यक्तिमाथि लगाइएको आरोपले क्षणभरमै उसको प्रतिष्ठा कमजोर हुन्छ । तर, पछि कानुनले उसलाई निर्दोष प्रमाणित ग¥यो भने उसले गुमेको प्रतिष्ठा फिर्ता पाउन सक्दैन, यस्तो गम्भीर अवस्थाको जिम्मेवारी कसले लिने ? कानुनले या ‘मि टु’अभियानले ।

दैनिक रूपमा छाउपडी पीडित, बोक्सीको आरोपित महिला, दाइजो नल्याएको निहुँमा कुटपिट घटनाको समस्या समाधान गर्न सकेको छैन । यो कुरीति प्रथाविरुद्ध भरखर संचालन गरेको सरसफाई अभियान पुरा हुन नपाउँदै भित्रिएको मिटु अभियानको सबै हिंसाको प्रतिनिधित्व गर्न सकेमज्ञा मात्र अभियानले सफलता पाउनेछ ।

प्रतिक्रिया