शौचालय नहुँदा कर्मचारीलाई समस्या

वीरगञ्ज । बाराको परवानीपुर गाँउपालिका–३ लिपनीमालमा रहेको स्वास्थ्यचौकीमा शौचालय नहुँदा समस्या हुन थालेको कर्मचारीहरूले गुनासो गरेका छन् ।

स्वास्थ्य उपचारका लागि स्वास्थ्यचौकीमा आउने सेवाग्राहीलाई शौचालय नहुँदा समस्या हुन थालेको गुनासो गरेको छन् । विगत लामो समयदेखि स्वास्थ्यचौकीमा शौचालय नहँुदा समस्या हुन थालेको स्वास्थ्यचौकीप्रमुख हेल्थ सहायक जयकृष्ण मिश्राले गुनासो गरे ।

पुरुष कर्मचारी यताउति गएर काम चलाइहाल्छन्, तर महिलालाई भने शौचालय नहँुदा झनै समस्या हुन थालेको मिश्राले बताए । स्वास्थ्यचौकीमा शौचालय नभएको बारे पटकपटक गाउँपालिका प्रमुख र वडाध्यक्षलाई बैठकमार्फत जानकारी गराए पनि समस्या ज्युँका त्युँ नै रहेको मिश्राले दुःखेसो गरे ।

स्वास्थ्यचौकीमा शौचालय नभएको महिलालाई कर्मचारीलाई हुने समस्यालाई गाउँपालिका प्रमुख हरीनारायण साह, वडाध्यक्ष अनिल रामलाई पटकपटक जानकारी गराउँदा पनि कुनै वास्ता नगरेको स्वास्थ्यचौकीमा कार्यरत अनमी अर्मीला महतोले गुनासो गरिन् । उनले भनिन्, ‘विगत लामो समयदेखि स्वास्थ्य चौकीमा शौचालय नहुँदा अरूको घरमा जानुपर्ने बाध्यता रहेको छ ।’

उपचारका लागि स्वास्थ्यचौकीमा जाँदा शौच गर्नेका लागि शौचालय नहुँदा सेवाग्राहीलाई पनि समस्या हुन थालेको लिपनीमाल की सेवाग्राही कुमारी देवीले गुनासो गरिन् । कुमारीले भनिन्, ‘स्वास्थ्यचौकी जस्तो ठाउँमा शैचालय नहुँदा लाजमर्दो भएको छ ।’

स्वास्थ्यचौकीको विषयमा गाउँपालिकाका प्रमुख हरिनारायण साहसँग बुभ्mदा स्वास्थ्यचौकीका लागि पर्याप्त ठाउँ उपलब्ध नहुँदा शौचालयको निर्माण गर्ने नसकिएको प्रतिक्रिया दिए ।

प्रमुख साहले भने, ‘स्वास्थ्यचौकीको छेउमा सार्वजनिक शौचालय निर्माण भइरहेको छ, एक-दुई महिनाभित्र सम्पन्न भए त्यसमै स्वास्थ्यचौकीका कर्मचारी र सेवाग्राहीलाई उपलब्ध गराइने बताए । स्वास्थ्यचौकीमा हेल्थ सहायक एक जना र अनमी दुई जना गरी तीन जना कार्यरत रहेका छन् ।

प्रतिक्रिया