नासाको राष्ट्रिय महाधिवेशन सम्पन्न

काठमाडौं । नेपाल एनिमल साइन्स एसोसिएसन (नासा) को आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । महाअधिवेशनले पशुपंक्षी र मत्स्य विज्ञानको अध्ययन, अनुसन्धान र विकासको माध्यमबाट देशमा स्वरोजगारी सिर्जना गरी उक्त क्षेत्रको उत्पादनमा देशलाई आत्मनिर्भर बनाउन नासाको तर्फबाट महत्वपूर्ण योगदान दिने संकल्पसहित ललितपुर घोषणापत्र जारी गरेको छ । महाधिवेशनको प्राविधिक सत्रमा पशुपंक्षी तथा मत्स्य अनुसन्धान र विकाससम्बन्धी ४७ वटा प्राविधिक कार्यपत्रहरू प्रस्तुत गरिएका थिए ।

महाधिवेशनमा महासचिव रुद्रप्रसाद पौडेलले नासाको प्रगति प्रतिवेदन, कोषाध्यक्ष रामवली साहले आर्थिक प्रतिवेदन र विधान संशोधन समितिका संयोजक रामगोपाल आचार्यले विधान संशोधनका बारेमा जानकारी गराए । कार्यक्रममा पशुपंक्षी तथा मत्स्य विज्ञान प्राध्यापन, अनुसन्धान र विकासमा महत्वपूर्ण योगदान पु¥याउनु हुने सेवानिवृत्त प्राध्यापकहरू, वैज्ञानिकहरू, अनुसन्धानकर्ताहरू, उद्योगी र उत्कृष्ट कार्य गर्ने कृषकलाई सम्मान गरिएको थियो ।

राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले नासाको विज्ञता र यसले गरेका घोषणा र निर्णयहरू नेपालको पशुपंक्षी र मत्स्यपालन क्षेत्रलाई समेटी राष्ट्रिय किसान आयोगले बनाउने नीतिलाई महत्वपूर्ण मार्गदर्शक हुने बताए । यसैबीच भेलाले नासाको आगामी कार्यकालका लागि सर्वसम्मत रूपमा डा. श्रीराम प्रसाद न्यौपानेको अध्यक्षतामा नयाँ नेतृत्व चयनसमेत गरेको छ ।

नवगठित समितिको उपाध्यक्षमा रुद्रप्रसाद पौडेल र डा। निराजन भट्टराई, महासचिवमा डा। लोकनाथ पौडेल, सचिवमा मेघराज ढकाल र सुजया उपे्रती, कोषाध्यक्षमा श्यामसुन्दर यादव र सदस्यहरूमा सूर्यप्रसाद शर्मा, लुमानिधि पाण्डे, राजेन्द्रप्रसाद श्रेष्ठ, गौरी थापा र सुवासकमल झा निर्वाचित भएका छन् ।

प्रतिक्रिया