दलित महिला बलात्कारको घटना सार्वजनिक

तिवारीयादव वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ भवानीपुर टोल सौराहा कि ४० बर्षिय दलित महिलालाई गाँउकै ४ जना युवाका समुहले जबरजस्ती बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।

गत कातिक ५ गते राति १० बजे शौच गर्ने गएकी महिलालाई गाँउका स्थानीय युवाले जबरजस्ती करणी गरेका हुन् । बलात्कार गर्ने स्थानीय ३५ बर्षिय मनोज साह तेली ,३० बर्षिय कृष्णा साह ,२४ बर्षिय दिलिप सहनीले बलात्कार गरेका थिए । ३५ बर्षिय आकाश साहले बलात्कारको भिडियो रेकर्ड गरेका छन ।

घटना भएको दिन आरोपीहरुले पर्साको पर्सागढी नगरपालिकामा पर्ने डोकैलाबहुवरीमा लागेको मेलाखानपिन गरेर आएको राति एक्लो हेरेर जबरजस्ती गरी बलात्कार गरेको पिडित महिलाले बताएकी छन् । घटना भएको २ दिनपछि घटनाको भिडियो बनाएका आकाशले पिडित महिलालाई भिडियो सार्वजनिक गरी दिन धम्की दिदै नगद २५ हजार रकम माग गरेको पिडित महिलाको भनाई छ ।

पिडित महिलाले भिडियो सार्वजनिक गर्ने धम्की दिदाँ पिडितले रकम नदिए पछि गाँउका एकदुई जनालाई भिडियो हेराउँदा घटना सार्वजनिक भएको पिडितले बताएकी छन्  । घटना सार्वजनिक भएपछि घटनाको १ हप्ता पश्चात गाँउ कि अगुवा महिलाको सहयोगमा जिल्ला प्रहरी कार्यालय पर्सामा आरोपिहरुलाई कारवाहिको माग गर्दे उजुरी दिएको उनले बताईन । घटना भएको ३ हप्ताभन्दा बढि बितिसक्दा समेत प्रहरीले आरोपिहरुलाई पक्राउ गर्ने नसकेको उनले दुखेसो गरिन् ।

घटना भएको सार्वजनिक हुदाँ वडाअध्यक्ष ब्रहमदेव प्रसाद कुर्मीले आरोपीहरुलाई कारवाहीको माग गर्दे उजुरीमा समेत हस्ताक्षर गरेको गाँउका दलित अगुवा जयमंगल हाजराले बताए । हाजराले भने,‘घटनालाई मिलाउनको लागी आरोपीका आफन्तहरुले पिडित महिलालाई ५ लाख नगद, ५ कठा जग्गा दिने समेत दबाब दिदै आएको बताए । यस बियषमा वडाअध्यक्ष ब्रहमदेव प्रसाद कुर्मीले दलित महिला माथि भएको अपराधको दोषिलाई कारवाहि हुनुपर्ने माग गरे ।

वडाअध्यक्ष कुर्मीले ’लगभग एक महिना पुग्दा प्रहरीले आरोपीलाई कारवाहि नगर्दा दुख लागेको बताए । यस्तै गाँउकी अगुवा महिला रुपा पाण्डेले पनि समुदायमा शिक्षाको हिसाबले पंहुच नभएको समुदायलाई यस्तो जघन्य अपराध गर्नेलाई आरोपीलाई कारवाहिको हुन्पर्ने बताईन । उनले भनिन्, ‘आजको दिनमा ४० बर्षिय महिलालाई जबरजस्ती गर्नेमा कारवाहिको लागी महिला एक जुट भएर लाग्ने समेत बताईन् ।

तर पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जबरजस्ती करणी गर्ने व्यक्तिहरु माथि मुद्धा दर्ता भईसकेको बताए । प्रहरी उपरिक्षक ढकालका अनुसार दोषीहरु फरार रहेकाले खोजी कार्य जारी रहेको बताए । पिडित महिलाको श्रीमान विगत ३ बर्ष देखि कामको शिलशिलामा बैदैशिक रोजगारीमा कतारमा कार्यरत छन ।

प्रतिक्रिया