बहसमा राष्ट्रभाषा

काठमाडौं । नेपाली भाषाको संरक्षण र प्रवद्र्धन गर्ने हेतुले वादविवाद प्रतियोगिता गरिने भएको छ । तर्कसंगत बहस र वैचारिक वादविवादका लागि उचित मञ्च प्रदान गर्ने उद्देश्यले ‘राष्ट्र बहस प्रतियोगिता–२०७५’ आयोजना गर्न लागिएको हो ।
३० कात्तिकदेखि मंसिर २ गतेसम्म पुरानो बानेश्वरस्थित साइम कलेजमा हुने बहसमा बेलायती संसदीय प्रणालीमा घनिभूत बहस हुनेछ । प्रतियोगिताका संयोजक पदम रेग्मी नेपाली भाषामा तर्कसंगत बहस वैचारिक वादविवादका लागि उचित मञ्च प्रदान गर्ने उद्देश्यका साथ विगत चार वर्षदेखि निरन्तररुपमा ‘राष्ट्र बहस’ प्रतियोगिता सञ्चालन हुँदै आएको जानकारी दिए ।
प्रतियोगिताको मुख्य लक्ष्य समावेशीताको सिद्धान्तअनुरूप आफ्ना विचार नेपाली भाषामा व्यक्त गर्न सकिनेछ । प्रतियोगितामा अधिकतम टोली संख्या ४० जनासम्म हुनुपर्ने र बहसकर्ताको संख्या प्रतिटोली दुई जना हुने नियम छ । सहभागी समूहलाई कात्तिक ३० गते तालीम दिइएको छ । मंसिर १ र २ गते समूह चरण छनोट गरिनेछ भने मंसिर ३ गते नकआउट चरणका साथै मंसिर ३ गते नै प्रतियोगिताको फाइनल हुने जनाइएको छ ।

प्रतिक्रिया