‘विनाबर्दीको प्रहरी’ सार्वजनिक

काठमाडौं । ट्राफिकसम्बन्धी जनचेतनामूलक गीति एल्बम ‘विनाबर्दीको प्रहरी’ सार्वजनिक भएको छ । राजधानीमा शुक्रबार एक समारोहबीच रेडियो नेपालबाट प्रकाशित एल्बमको वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले विमोचन गरे ।

पाँच वटा गीत रहेको एल्बममा प्रकाश रायमाझी र रमेशचन्द्र अधिकारीका रचना, भूपेन्द्र रायमाझीको संगीत तथा विजय मानन्धरलगायत गायकको स्वर छ ।

नेपाल प्रहरीले आयोजना गरेको कार्यक्रममा जोशीले गीतसंगीतमा सम्पूर्ण राष्ट्रलाई एकीकृत गर्ने बलियो शक्ति हुने बताउँदै गीतमा जनताको भावना केन्द्रित हुनुपर्ने बताए । कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफ्नो नेतृत्वमा रहेको प्रहरी सङ्गठन देश र नागरिकप्रति समर्पित भई इमान्दारीका साथ कार्यरत रहने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया