सडक बति मर्मत सम्भार जिर्ण बन्दै

तिवारी यादव, वीरगञ्ज । बाराको परवानिपुर गाउँपालिकाको ५ वटा वडामा जडान गरीएको सडक बति मर्मत सम्भारको अभावमा जिर्ण बन्दै गएको छ । गाँउपालिकाको ५ वडामा बिजुलिको पोलमा लगाइएको बति एक बर्ष नबित्दै जिर्ण भएको स्थानीयले बताएका छन् ।

गाँउपालिकाको बतिलाई मर्मत नगरी वडा नम्बर ५ को बहुवरी र नवतनमा बति जडान गरेका छन । गाँउपालिका प्रमुख हरीनारायण साहले विनाटेन्डर आसेपासे पसलबाट भेपर खरिद गरी रु ७ लाख बजेटमा व्यापक भ्रष्टाचार गरेको वडाध्क्षहरुले आरोप लगाएका छन् ।

गाँउपालिका प्रमुख शाहले भेपर खरिदमा अनियमितता गर्दै तीन महीना अघि थालिएको तयारीले दीपावली र छठमा गाउँगाउँमा बत्ती बल्न नसकेको स्थानीयबासीको आरोप छ । गाउँपालिकाको खर्चमा किनेको भेपरमा राजपा पार्टीले आफ्नै खर्चमा टोलटोलमा भेपर लगाउँदै भनेर कुप्रचार गर्दै गाँउपालिका प्रमुख शाह हिंडेको वडाध्यक्षहरुको आरोप छ ।

 

प्रतिक्रिया