खोजखबर

कुचिकार बसेको घरमा आगलागीबाट लाखौंको क्षती 

सौर्य अनलाइन २०७५ कार्तिक २९ गते २१:०१ मा प्रकाशित

तिवारी यादव, वीरगञ्ज । वीरगज महानगरपालिका वडा नम्बर ८ मा रहेको दिनेश्वर प्रसाद साहको घरमा बिहिबार आगलागी भएको छ । वीरगंजको श्रीपुरमा रहेको श्री चण्डी प्रसाद गणका कुचिकार पदमा कार्यरत कमल खत्रि डेरा लिई बस्दै आएका कोठामा आगलगी भएको हो । घरमा रहेको करेन्ट चुडिएर आगलगी हुदाँ लत्ताकपडा, गरगहना, नगद, भाडावर्तन लगायतकाको समाग्री जलेर नष्ट हुदाँ आन्दाजी दुईलाख मुल्य बराबरको समाग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

जस्ताले छाएको घरमा दिउंसो ४ बजे सुरु भएको आगलागी १ घण्टा पछि वीरगंज महानगरपालिको बारुण यन्त्र ,नेपाली सेना ,नेपाल प्रहरी ,सशस्त्र प्रहरी र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा आएको पर्सा प्रहरीले जनाएको छ । आगलगी पिडित नेपाली सेनाका कुचिकार खत्रि गुल्मी जिल्ला ४ मल्दी घर भई विगत ४ महिना देखि डेरा लिई श्रीमति संगै बस्दै आएका थिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय