लोकदोहोरी अवार्ड मनोनयन १ गते सार्वजनिक

बाबुराम सिग्देल, काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितीको लोकदोहोरी अवार्ड मनोनयन सार्वजनिक हुने भएको छ । “अग्रजलाई सम्मान, नवप्रतिभालाई प्रोत्साहन” भन्ने मुल नाराकासाथ स्थापित उक्त संस्था प्रतिष्ठान समन्वय समितिले बिगतका बर्षहरुमा झै यस बर्ष पनि अवार्डको कार्यक्रम गर्न लागेको हो । सोही कार्यलाई निरन्तरता दिँदै अवार्डको छैठौं संस्करण गर्न लागेको छ ।

३२ वटा बिधामा अवार्ड बितरण हुने भएको समन्वय समितिका अध्यक्ष पिएन सापकोटाले बताए । यहि मंसिर १ गते शनिबारका दिन प्रज्ञा भवन कमलादी काठमाडौमा दिउँसो १ बजे मनोनयन सार्वजनिक हुने भएको छ । यस मनोनयन सार्वजनिक कार्यक्रममा कलाकार र पत्रकारहरुको उपस्थिति रहने बताए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले हरेक बर्ष अवार्ड कार्यक्रमलाई कलाकारहरुको चाडपर्बको रुपमा लिने गरेको जानकारी अध्यक्ष सापकोटाले बताए ।

अवार्डको मनोनयन सार्वजनिक कार्यक्रम र बितरण कार्यक्रमलाई भब्य सभ्य रुपले सम्पन्न गराईदिनुका साथै आर्थिक, नैतिक, भौतिक रुपमा सहयोग गरिदिनका लागि समितिका अध्यक्ष पिएन सापकोटाले अनुरोध गरे । कार्यक्रममा उपत्यका समन्वय समिती आयोजकको रुपमा रहने छ भने यस अन्तर्गत रहेका ९ वटा समिती सह आयोजकको रुपमा रहने सापकोटाले बताए ।

प्रतिक्रिया