कलाकार दीपक जोशी अभिनन्दित

काठमाडौं । नेपाली कला क्षेत्रमा चार दशकभन्दा लामो समयदेखि योगदान दिएबापत पौभा कलाकार दीपक जोशीलाई अभिनन्दन गरिएको छ ।

नेपाल परम्परागत चित्रकला परिषद्ले आयोजना गरेको कार्यक्रममा जोशीलाई शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीले एक कार्यक्रमका बीच अभिनन्दन गरेका हुन् ।

कलासम्बन्धी विभिन्न आठवटा संस्था नेपाल कला परिषद्, नेपाल ललितकला पत्रकार समाज (सोफाज), नेपाल कार्टुनिस्ट क्लब, आरम्भ समसामयिक मूर्तिकार समूह, सुमेरु कलाग्राम, नेपाल हस्तकला महासंघ, ख्वप पौभा च्वमि पुचः र बुद्धिस्ट परम्परागत थांका कला प्रतिष्ठानले जोशीलाई अभिनन्दन गरेका थिए ।

साथै, नेपाल आर्ट काउन्सिलमा कलाकार जोशीले चार दशकका बीचमा तयार पारेका पाँच दर्जन कलाकृति ‘कलायात्रा’ शीषर्कमा प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी ३० कार्तिकसम्म रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया