पर्यटकीय गन्तव्यमा ताप्लेजुङका तीन स्थान समावेश

पर्यटन मन्त्रालयले सार्वजनिक गरेको एक सय गन्तव्यको सूचीमा ताप्लेजुङका तीन स्थान परेका छन् । प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर, मिक्वाखोला गाउँपालिकामा रहेको फुङफुङे झरना र ताप्लेजुङ पाँचथर सिमानामा रहेको तिम्बुङ पोखरीलाई गन्तव्य स्थलका रूपमा राखिएको छ ।

पाथीभरा र फुङफुङेलाई स्थापित तथा प्रवद्र्धन गरिनुपर्ने गन्तव्यका रूपमा राखिएको छ भने तिम्बुङपोखरीलाई नयाँ तथा विकास गरिनुपर्ने गन्तव्यका रूपमा राखिएको छ । स्थापित पाथीभरामा वार्षिक तीनलाख पर्यटक आउने पाथीभराको विकासमा क्रियाशील समितिले बताउँदै आएका छन् । पाथीभरा सदरमुकाम फुङलिङबाट २५ किलोमिटरको दूरीमा पर्छ ।

साँवामा रहेको फुङफुङे बाह्रै मास बगिरहने कहिल्यै नसुक्ने मनोरम झरना हो । तर, यहाँसम्म पुग्ने मोटरबाटो अहिलेसम्म बनेको छैन । जसका कारण यो ठाउँले पाउनु पर्ने जति चर्चा पाउन सकेको छैन । जिल्लाको पूर्वी भेगमा रहेको तिम्बुङपोखरी ४१ सय मिटर उचाइमा छ । जिल्लाका तीन पर्यटकीय गन्तव्यमध्ये यो सवैभन्दा उच्च स्थानको हो । तर पर्यटन मन्त्रालयले सार्वजनिक गरेका यी क्षेत्रलाई पर्यटकको उत्कृट गन्तव्य वनाउनुको लागि भने स्थानिय तहको सवैभन्दा ठुलो भुमिका रहने स्थानिय जनाताको वुझाई छ ।

‘पर्यटन प्रर्वद्धनको लागि स्थानिय तहले खास योजनाका साथ अघि वढ्नु पर्छ ।’ सिरिजंघा गाउँपालिकाका गजेन्द्र तुम्याङले भने, ‘पर्यटन मन्त्रालयले एक सय गन्तव्यको सूचीमा राखेपनि यो क्षेत्रमा पर्यटकलाई वढि उपस्थित गराउन त मुख्य जिम्मेवारी स्थानिय तहको नै हो ।’ विषेशगरि पर्यटकहरुलाई त्यस क्षेत्रसम्म पुग्ने सहज यातायातको नै व्यवस्थापन गर्नुपर्ने फुङलिङ नगरपालिकाका सुरेन्द्र वस्नेत वताउँछन् ।

‘स्थानिय तहहरुले पर्यटकिय क्षेत्रको विकासमा विषेश ध्यान दिनुपर्यो ।’ वस्नेतले भने, ‘ताप्लेजुङका तिन क्षेत्र एक सय गन्तव्यको सुचीमा परे भनेर मख्ख भईरहँदा आफ्नो जिम्मेवारी समेत थपिएको महसुस यहाँका जनप्रतिनिधीले गर्नुपर्छ ।’ जिम्मेवारी अनुसार काम गरेर ती तीन क्षेत्र सबैलाइ चिनाउने गरी विकास गर्नु पर्ने उनले बताए ।

स्थानिय तहले सामान्य खालका पहलहरु गरे मात्रैपनि यस्ता क्षेत्रमा पर्यटकको ओईरो लगाउन सकिने स्थानियको भनाई छ । पर्यटकहरुलाई सहज यातायात, खान वस्नको राम्रो प्रवन्ध र सुरक्षाको प्रवन्ध मात्रै पनि स्थानिय तहले दिन सके पर्यटकहरु भित्रने स्थानिय अगुवा पर्यटन व्यावसायीहरुको भनाई छ । तर, यस्का लागि स्थानिय तहहरुले निश्चीत योजनका साथ अघि वढ्नुपर्ने छ ।

पर्यटन विकासका लागि विषेशतः स्थानिय नागरिक नै जिम्मेवार हुनुपर्ने पाथिभरा वहुमुखि क्याम्पसका प्राध्यापक युवराज वस्नेतले बताए । आम नागरिकहरुमा नै पर्यटनको विकासवाट हुने फाईदालाई वुझाउन नसक्नु स्थानिय तहको चुनौती रहेको उनि वताउँछन् । गन्तव्य क्षेत्र घोषणा भएर मात्र हुँदैन स्थानीय तहले पनि आफ्नो जिम्मेवारी अनुसार काम गर्नु पर्छ । त्यो जिम्मेवारी हामी सबैको हो उनले भने ।

क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नका लागि स्थानीय तहले समेत अग्रसरता देखाएका छन् । तर प्रयाप्त बजेट तथा योजना नहुँदा यी अझै पनि ति क्षेत्रहरु ओझेलमा नै छ । खासगरी पर्यटकिय क्षेत्रको विकासका लागि गाउँपालिकाले योजना वनाईरहेको तिम्वूङ पोखरी अवस्थीत सिदीङवा गाउँपालिकाका अध्यक्ष नरवहादर कडरियाले बताए ।

‘तिम्वूङ पोखरीलाई पर्यटकिय गन्तव्यको रुपमा स्थापित गर्नको लागि योजनाहरु वनाईरहेका छौँ ।’ गाउँपालिका अध्यक्ष कडरियाले भने, ‘सवैभन्दा पहिलो त त्यहाँसम्म पुग्ने वाटोहरु निमार्ण र पर्यटकहरुका लागि होमस्टे सञ्चालनमा ल्याउने तयारी गरेका छौं ।’

तिम्वूङपोखरी कै विकासका लागि गाउँपालिकाले गत भदौँ २२, २३ र २४ गते तिम्वुङ पोखरी महोत्सव पनि गरेको थियो । करिव १८ लाखको हाराहरी लगानीमा महोत्सव आयोजना गरिएको अध्यक्ष कडरियाले बताए । अझैवढि प्रचार प्रसार तथा भौतिक संरचना निमार्णका लागि सहयोग गर्न केन्द्र र प्रदेश सरकारलाई समेत आग्रह गर्ने योजना वनाएको उनको भनाई छ ।

उता मिक्वाखोला गाउँपालिकाले समेत फुङफुङे झरना सम्म सडक सञ्जाल पर्याउनको लागि गाउँपालिका स्तरवाट योजना वनिरहेको मिक्वाखोला गाउँपालिकाका प्रवत्ता दिपेन्द्र लिवाङले बताए । नेपालको घुम्न लायक एक सय गन्तव्यको रुपमा प्राथमिकताका साथ समावेश गरिएको यी क्षेत्रलाई स्थानिय तहले समेत विषेश योजनाका साथ अघि वढ्ने प्रवत्ता लिवाङले वताए । यसैविच फुङलिङ नगरपालिकामा अवस्थित पाथिभरामा अझ वढि पर्यटक तथा दर्शनार्थीलाई भित्राउनको लागि केवलकार निमार्ण लगायतका कामहरु भैरहेका छन् ।

प्रतिक्रिया