तीव्र गतिका बलरलाई पिपिएलमा फाइदा

काठमाडौं । नेपाली क्रिकेटमा बलिङ सधैँ बलियो पक्ष रूपमा रहने गरेको छ । घरेलु क्रिकेट होस् य अन्तर्राष्ट्रिय क्रिकेट अधिकांश खेलमा बलिङ प्रदर्शन नै जितको कारक बन्ने गरेको छ । बलिङमा पनि स्पिन बलरहरूको नै अधिपत्य रहने गरेको छ ।

सन् २००० मा विनोद दास र महबुब आलमको जोडीले नेपालको तीव्र बलिङको जिम्मेवारी वहन गरेका थिए । लामो समय राष्ट्रिय टोलीका लागि खेलेका यी दुईको उपस्थितिमा नेपाली क्रिकेटले अन्य बलर खोज्न परेन । तत्कालीन कप्तान विनोद दासको सन्यासपश्चात् चन्द्र साउद र अमृत भट्टराई टोलीमा देखिए ।

महबुब आफैं पनि पछिल्ला केही वर्ष टोलीबहिर रहे पनि गतवर्ष केन्याविरुद्ध विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलमा टोलीमा परे । तर, खस्कँदो प्रदर्शनपछि उनको राष्ट्रिय टोलीको ढोका बन्दजस्तै भएको छ । अहिले सोमपाल कामी र करण केसी राष्ट्रिय टोलीमा नियमित बलर छन् भने ललितसिंह भण्डारीले पनि प्रभाव जमाउँदै सुरुवाती टोलीमा पर्ने दाबेदारी प्रस्तुत गरेका छन् ।

पोखरामा केही दिनअघि सम्पन्न नमस्ते पोखरा प्रिमियर लिग ९पिपिएल० मा पहिलो खेलदेखि नै सहभागी टोलीका कप्तानहरूले पिचको स्तरलाई खुलेर प्रशंसा गरे । तीनमहिना अघिदेखि निर्माण गरिएको पिचमा ६५ रनदेखि १ सय ९७ रनसम्मको स्कोर बन्यो ।

प्रतियोगितामा कुल १७ खेल भए । १७ खेलमा बलरहरूले कुल २ सय ६ विकेट लिए । त्यसमध्ये १ सय ६६ विकेट नेपाली बलरहरूको नाममा रहयो । तीमध्ये ७६ विकेट तीव्र गतिको बलरहरूको नाममा रहयो । सर्वाधिक विकेट लिने सूचीको शीर्ष १० खेलाडीमा ३ तीव्र गतिका बलर रहे । करण केसी ११ विकेटसहित शीर्ष स्थानमा रहँदा अमरसिंह राउटेला ८ र राशिद खान ७ विकेटसहित शीर्ष १० मा अटाएका छन् ।

प्रतिक्रिया